आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँमा शृङ्खलाबद्ध चोरीमा संलग्न २ जना पक्राउ

आइतबार, २३ वैशाख २०८१, १९ : ३३
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । काठमाडौँमा शृङ्खलाबद्ध चोरीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० बस्ने ३७ वर्षीय जोन खड्गी र काठमाडौँ महानगरपालिका–३० मैतीदेवी बस्ने ३४ वर्षीय सञ्जय खड्गी रहेका छन् । 

गत वैशाख १६ गते दिउँसो ताहाचलस्थित सविना खड्काको डेराबाट ल्याप्टप, मोबाइल फोन र २ तोला सुनसहित गरगहना चोरी भएको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा जोन र सञ्जयले चोरी गरेको खुलेको थियो । उनीहरूलाई शनिबार साँझ धुम्बाराहीबाट पक्राउ गरिएको थियो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरूको सीआरएस रिपोर्ट हेर्दा विभिन्न मितिमा काठमाडौँ उपत्यका अन्तरगतका प्रहरी कार्यालयबाट ५ पटक चोरी सम्बन्धी लगायत कसुरमा मुद्दा दर्ता भएको पाइएको थियो । उनीहरूमाथि थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप