काठमाडौँमा शृङ्खलाबद्ध चोरीमा संलग्न २ जना पक्राउ
काठमाडौँ । काठमाडौँमा शृङ्खलाबद्ध चोरीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० बस्ने ३७ वर्षीय जोन खड्गी र काठमाडौँ महानगरपालिका–३० मैतीदेवी बस्ने ३४ वर्षीय सञ्जय खड्गी रहेका छन् ।
गत वैशाख १६ गते दिउँसो ताहाचलस्थित सविना खड्काको डेराबाट ल्याप्टप, मोबाइल फोन र २ तोला सुनसहित गरगहना चोरी भएको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा जोन र सञ्जयले चोरी गरेको खुलेको थियो । उनीहरूलाई शनिबार साँझ धुम्बाराहीबाट पक्राउ गरिएको थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरूको सीआरएस रिपोर्ट हेर्दा विभिन्न मितिमा काठमाडौँ उपत्यका अन्तरगतका प्रहरी कार्यालयबाट ५ पटक चोरी सम्बन्धी लगायत कसुरमा मुद्दा दर्ता भएको पाइएको थियो । उनीहरूमाथि थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण