मिसन ८४ पछि एमालेले बहुमतको सरकार बनाउँछ : ओली
धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो मिसन ८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन् । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभातर्फ २ सिट मात्रै आएको बताउँदै उनले मिसन ८४ पछि बहुमतको सरकार बनाउने बताएका हुन् ।
आइतबार नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारबाट देश र जनताको रक्षा हुन नसक्ने टिप्पणी गर्दै एमाले नेतृत्वको सरकारपछि देश र जनताको रक्षा र ओरालो लागेको देशको अर्थतन्त्र उकालो लाग्ने बताए ।
उनले भने– ‘नेकपा एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो । हिंसा बढिरहेको छ । ७ प्रतिशतभन्दा माथि पुर्याइएको यो गठबन्धनले २ प्रतिशतभन्दा तल झारिसकेको छ । देश अप्ठेरो अवस्थामा पुगेको छ । अझै अप्ठेरो गतिमा पुर्याउनु हुँदैन ।’
एमाले सरकारमा हुँदा देशको एक ठाउँमा मात्रै होइन, देशको पूर्व मेचीदेखि महाकालीसम्म विकासको कामलाई तीव्रताका साथ बढाएको समेत ओलीको दाबी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण