शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मिसन ८४ पछि एमालेले बहुमतको सरकार बनाउँछ : ओली

आइतबार, २१ असोज २०८०, १७ : ३७
आइतबार, २१ असोज २०८०

धनगढी  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो मिसन ८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन् । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभातर्फ २ सिट मात्रै आएको बताउँदै उनले मिसन ८४ पछि बहुमतको सरकार बनाउने बताएका हुन् ।

आइतबार नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारबाट देश र जनताको रक्षा हुन नसक्ने टिप्पणी गर्दै एमाले नेतृत्वको सरकारपछि देश र जनताको रक्षा र ओरालो लागेको देशको अर्थतन्त्र उकालो लाग्ने बताए ।

उनले भने– ‘नेकपा एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो । हिंसा बढिरहेको छ । ७ प्रतिशतभन्दा माथि पुर्याइएको यो गठबन्धनले २ प्रतिशतभन्दा तल झारिसकेको छ । देश अप्ठेरो अवस्थामा पुगेको छ । अझै अप्ठेरो गतिमा पुर्याउनु हुँदैन ।’

एमाले सरकारमा हुँदा देशको एक ठाउँमा मात्रै होइन, देशको पूर्व मेचीदेखि महाकालीसम्म विकासको कामलाई तीव्रताका साथ बढाएको समेत ओलीको दाबी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप