अमेरिकाले इजरायललाई नयाँ सैन्य सहयोग दिने सम्भावना छ : अमेरिकी विदेशमन्त्री
वासिङ्टन । हमासको आक्रमणपछि अमेरिकाले इजरायलका लागि आइतबार नयाँ सैन्य सहयोगको घोषणा गर्ने सम्भावना रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताएका छन् । अमेरिका इजरायलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख आपूर्तिकर्ता हो ।
“इजरायलले गरेको विशेष अतिरिक्त आग्रहलाई हामीले हेरिरहेका छौँ, मेरो विचारमा आज यसबारेमा तपाईँले अझ धेरै थाहा पाउनुहुनेछ”, ब्लिङ्केनले सीएनएनसँग भने, “हमासबाट भएको इजरायलमाथि आक्रमणहरूको सामना गर्न यो क्षणमा आवश्यक पर्ने सबै कुरा उपलब्ध गराउँछौँ भन्ने सुनिश्चित गर्नु राष्ट्रपति (जो बाइडेन) को निर्देशन थियो ।”
दशकौँमा भएको पछिल्लो सङ्घर्षमा इजरायली पक्षमा ६ सयभन्दा बढीको मृत्यु भएको सरकारी प्रेस कार्यालयले जनाएको छ । त्यस्तै गाजामा कम्तीमा तीन सय ७० मारिएको गाजा अधिकारीहरूले जनाएका छन् । सङ्घर्षमा दुवै पक्षका गरी हजारौँ घाइते भएका छन् ।
“धेरै अमेरिकी मारिएको हामीलाई रिपोर्ट प्राप्त भएको छ, हामी त्यसको पुष्टि गर्न अथक काम गरिरहेका छौँ, साथै अमेरिकीहरू हराएको पनि समाचार छ, हामी त्यसको पुष्टि गर्न काम गरिरहेका छौँ”, विदेशमन्त्री ब्लिङ्केनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण