बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलको जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीको उद्दार गर्न राप्रपाको आग्रह

सोमबार, २२ असोज २०८०, १३ : ५२
सोमबार, २२ असोज २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इजरायलको जोखिमपूर्ण क्षेत्रमा रहेका नेपाली उद्दार गर्न सरकारसँग आग्रह गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार विज्ञप्ति जारी गर्दै इजरायलमा रहेका नेपालीहरुको विवरण संकलन गर्न, उनीहरुको अवस्थाबारे सत्यतथ्य जानकारी दिन, घाइतेको उपचार गर्न, बेपत्ता रहेकाको अवस्था पत्ता लगाउन कुटनैतिक पहल गर्न र स्वदेश फर्कन चाहनेहरुलाई आवश्यक प्रबन्ध मिलाउनसमेत सरकारसँग आग्रह गरेका हुन् । 

सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत इजरायलमा रहेका १० जना नेपालीले हमासको आक्रमणमा परेर अनाहकमा ज्यान गुमाउनु परेको घटनाबाट अत्यन्तै दुःखी र मर्माहत भएको पनि लिङ्देनले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

राप्रपाले निहत्था र निर्दोषहरुमाथिको हमलाको निन्दा गरेको छ । राप्रपाले निधन भएकाहरुको शव यथासक्य चॅाडो नेपाल ल्याउन आवश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षणपनि गराएको छ ।  शनिबार भएको हमलामा इजरायलमा कार्यरत १० नेपालीको मृत्यु हुनुका साथै ४ जना घाइते र एक जना बेपत्ता भएका थिए । यस्तै  घटनामा परेका दुई जना सुरक्षित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप