इजरायलको जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीको उद्दार गर्न राप्रपाको आग्रह
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इजरायलको जोखिमपूर्ण क्षेत्रमा रहेका नेपाली उद्दार गर्न सरकारसँग आग्रह गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार विज्ञप्ति जारी गर्दै इजरायलमा रहेका नेपालीहरुको विवरण संकलन गर्न, उनीहरुको अवस्थाबारे सत्यतथ्य जानकारी दिन, घाइतेको उपचार गर्न, बेपत्ता रहेकाको अवस्था पत्ता लगाउन कुटनैतिक पहल गर्न र स्वदेश फर्कन चाहनेहरुलाई आवश्यक प्रबन्ध मिलाउनसमेत सरकारसँग आग्रह गरेका हुन् ।
सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत इजरायलमा रहेका १० जना नेपालीले हमासको आक्रमणमा परेर अनाहकमा ज्यान गुमाउनु परेको घटनाबाट अत्यन्तै दुःखी र मर्माहत भएको पनि लिङ्देनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
राप्रपाले निहत्था र निर्दोषहरुमाथिको हमलाको निन्दा गरेको छ । राप्रपाले निधन भएकाहरुको शव यथासक्य चॅाडो नेपाल ल्याउन आवश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षणपनि गराएको छ । शनिबार भएको हमलामा इजरायलमा कार्यरत १० नेपालीको मृत्यु हुनुका साथै ४ जना घाइते र एक जना बेपत्ता भएका थिए । यस्तै घटनामा परेका दुई जना सुरक्षित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण