काठमाडौँको सरकारी वकिल कार्यालयका प्रमुखको सरुवा
काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणी नेउपानेको सरुवा भएको छ । न्याय सेवा आयोगले काठमाडौँको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सह–न्यायाधीवक्ता नेउापनेलाई सरुवा गर्ने निर्णय गरेको हो । उनलाई महान्यायाधीवक्ताको कार्यालयमा सरुवा गरिएको छ ।
काठमाडौँ जिल्लाको प्रमुखमा सहन्यायाधीवक्ता सन्देश श्रेष्ठलाई पठाइएको छ । श्रेष्ठ महान्यायाधीवक्ताको कार्यालयमा कार्यरत थिए । जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत जिल्ला न्यायाधीवक्ता जनक प्रसाद घिमिरेलाई पनि महान्यायाधीवक्ताको कार्यालयमा सरुवा गरिएको छ ।
सहन्यायाधीवक्ता नेउपाउनेले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र ६० किलो सुन तस्करीको मुद्दा अदालतमा दायर गरेका थिए । ललिता निवास प्रकरणमा संगठित अपराध हटाएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अधिकारी उनीसँग रुष्ट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण