समाचार
कंगोमा तैनाथ शान्ति सैनिकको मृत्यु
शुक्रबार, २६ असोज २०८०, २३ : १३
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि कंगोमा तैनाथ एक शान्ति सैनिकको मृत्यु भएको छ । नरसिंहदल गण (शान्ति सेना) उनान्तीसौँ डफ्फामा कार्यरत प्युठ भुपजित राईको शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खोटाङको फक्टाङ्ग गाउँपालिका वडा नं.८ निवासी राई उक्त गण अन्तर्गत टयाक्टिकल अपरेटिङ बेस जिनामा कार्यरत रहँदा विरामी भएका थिए । उनलाई थप उपचारका लागि कंगोको बुनियास्थित मोरोक्कन लेभल-२ अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको सेनाले जनाएको छ ।
स्वर्गीय राईको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभ्यास खेलमा भोलक्यानोजसँग नेपाल ६७ रनले पराजित
-
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
-
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट
-
पोखरा महानगरलाई लेखा समितिको निर्देशन: बेरुजु नतिर्नेको तीनपुस्ते सार्वजनिक गर
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची