‘दसैँका खसी–बोकाको ज्वरो नाप्दै कागेश्वरी मनोहरा नगरपालिका’
काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले दसैँका लागि बाहिरबाट नगरपालिका भित्रिएका खसी–बोकाको स्वास्थ्य जाँच गर्न थालेको छ । घटस्थापनादेखि नवमीको दिनसम्म रोगी र निरोगी खसीबोका छुट्याउने काम थालेको नगरपालिकाका पशु सेवा प्राविधिक निरोज दंगालले जानकारी दिए ।
केन्द्रीय पशु सेवा विभाग र पशु क्वारेन्टाइन बुढानिलकण्ठसँगको सहकार्यमा नगरपालिकाले खसीबजारमा गएर जिउँदो खसीको स्वास्थ्य परिक्षण गर्न थालेको हो । रोगी बिरामी खसी बोकालाई रातो चिन्ह लगाएर छुट्याउने गरेको र स्वस्थ खसीबोकालाई कुनै रङ नदिइने दंगालले बताए ।
रेविज लगायत पशुबाट पनि मानिसमा केही रोग सर्न सक्ने जोखिम रहेकोले दसैँका बेला विभिन्न ठाउँबाट भित्रिएका खसीबोकाको स्वास्थ्य परीक्षण थालिएको उनले बताए । नगरपालिकाले घटस्थापनाका दिन वडा नम्बर ६ मुलपानी क्षेत्रका खसीबजारमा रहेका ६० भन्दा बढी खसीबोकाको स्वास्थ्य परिक्षण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण