स्थायी सरकार बन्यो अब ढुक्क भएर काम गर्नुहोस् : कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई केन्द्रमा राखेर सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार मन्त्रालयका सचिव तथा कर्मचारीहरुसँग छलफल गरी कार्कीले काम गर्दा आफैलाई सन्तुष्टि मिलेको छ कि छैन आत्मसात गरिनुपर्ने बताए ।
कार्कीले भने,“अब स्थायी सरकार बनेको छ । तपाईँहरू ढुक्क भए काम गर्नुहोस् । मन्त्री आउने जाने भइरहन्छ तर कर्मचारी मन्त्रीको होइन जनताको भएर काम गर्नुपर्छ ।”
मुख्यमन्त्री कार्कीले सुशासन दिन सरकारले सम्झौता नगर्ने बताउँदै जनतालाई शासन होइन सेवा दिन राजनीतिकर्मी र कर्मचारी उत्तिकै जिम्मेवार हुनुपर्ने बताए ।
मन्त्रीसँगै जनताले कर्मचारीलाई पनि गाली गर्छन् भन्दै मन्त्रीले कर्मचारी र कर्मचारीले नेतालाई गाली गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए । “मन्त्रीलाई पनि जिम्मेवार बनाउनु पर्छ । अब सुन्ने मात्र होइन निकास दिनुपर्छ । जनताको अख्तियारीलाई सही सदुपयोग गर्नुपर्छ,”उनले भने,“आफूले गरेको काम सन्तुष्ट हुने गरी गर्नुहोस् । जनतालाई खुसी बनाउन सहकार्य गरौँ ।” कार्कीले बजेट बनाउँदा खुद्रा भन्दा पनि प्रदेशस्तरको काम गर्ने गरी तयार गरिनु पर्नेमा जोड दिए ।
छलफलमा सहभागी विभिन्न मन्त्रालयका सचिवले सम्बन्धित मन्त्रालयबाट हुँदै आएका काम र समस्याबारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण