मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजना ९० मेगावाट पीपीए सम्पन्न
काठमाडौँ । ९० मेगावाट क्षमतामा मस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भएको छ । सम्झौता पत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एमए पावरका अध्यक्ष अनुप आचार्यले हस्ताक्षर गरे ।
प्राधिकरण र कम्पनीबीच आयोजनाको विद्युतप्रति युनिट हिउँदमा ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा खरिद बिक्री सम्झौता भएको छ । यस आयोजनाको हिउँदमा १८४.६७ मेगावाट र ३७७.९३ मेगावाट उत्पादन हुन्छ । यस आयोजना आरकोड डेट २०८६ साल वैशाख २२ गते रहेको छ । सोही समयसम्म आयोजना विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष अनुप आचार्यले जानकारी दिए ।
आयोजनाको ईआईए अध्ययन भई अन्तिम चरणमा रहेको छ । आयोजनाको वित्तीय व्यवस्थापनको लागि नेपाली बैक तथा वैदेशिक लगानीको लागि लगानीकर्ताहरुसँग आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ । आयोजनाको निर्माण कार्य यस समूहको निमाणधिन सेती खोला जलविद्युत आयोजनाको निर्माण २२ मे वा आगामी वैशाखभित्र सम्पन्न गरिकेपछि अगाडि बढाउने कम्पनीका अध्यक्ष आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण