बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजना ९० मेगावाट पीपीए सम्पन्न

बिहीबार, ०२ कात्तिक २०८०, १४ : ४३
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । ९० मेगावाट क्षमतामा मस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भएको छ । सम्झौता पत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एमए पावरका अध्यक्ष अनुप आचार्यले हस्ताक्षर गरे । 

प्राधिकरण र कम्पनीबीच आयोजनाको विद्युतप्रति युनिट हिउँदमा ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा खरिद बिक्री सम्झौता भएको छ । यस आयोजनाको हिउँदमा १८४.६७ मेगावाट र ३७७.९३ मेगावाट उत्पादन हुन्छ । यस आयोजना आरकोड डेट २०८६ साल वैशाख २२ गते रहेको छ । सोही समयसम्म आयोजना विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष अनुप आचार्यले जानकारी दिए ।

आयोजनाको ईआईए अध्ययन भई अन्तिम चरणमा रहेको छ । आयोजनाको वित्तीय व्यवस्थापनको लागि नेपाली बैक तथा वैदेशिक लगानीको लागि लगानीकर्ताहरुसँग आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ । आयोजनाको निर्माण कार्य यस समूहको निमाणधिन सेती खोला जलविद्युत आयोजनाको निर्माण २२ मे वा आगामी वैशाखभित्र सम्पन्न गरिकेपछि अगाडि बढाउने कम्पनीका अध्यक्ष आचार्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप