हरेक चुनौतिलाई अवसरमा बदल्न दसैँको भावनात्मक भूमिका महत्त्वपूर्ण हुन्छ : प्रदेश प्रमुख परियार
सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले हरेक चुनौतीलाई अवसरमा बदल्न दसैँ लगायतका सांस्कृतिक पर्वको भावनात्मक भूमिका महत्त्वपूर्ण रहने बताएका छन् । विजयादशमी, २०८० को अवसरमा शुभकामना सन्देश दिँदै परियारले एकता, सहकार्य र विविधताको आत्मसातीकरणले चुनौतीलाई अवसरमा बदल्न सकिने र बदल्नुपर्ने बताएका हुन् ।
‘राजनीतिक आर्थिक र सामाजिक परिवर्तन प्राप्तिका लागि हामीले जुन बलिदानी र एकताको प्रदर्शन गर्यौँ,’ उनले भनेका छन्,‘ आन्तरिक राष्ट्रियता बलियो पार्दै संविधान कार्यान्वयन गर्न त्यस्तै एकता र सहकार्य हाम्रा लागि अनिवार्य भएको छ ।’ साथै परियारले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई पनि पुनर्परिभाषित र पुर्न संस्कार गर्न जरुरी रहेको बताएका छन् ।
मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान् संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान रुढीवादी, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा पुनर्विचार गर्नुपर्ने पनि परियारको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : राजेन्द्र लिङ्देन
-
को–को भिड्दैछन् नकआउट चरणमा ? कसको सम्भावना कति ?
-
ठुला टोलीलाई ‘अन्डरडग’को झट्का : स्पेनदेखि इंग्ल्याण्डसम्म कसरी फसे रणनीतिक जालमा?
-
चितवन राइनोजको आयोजनामा ‘राइनोज रन’ सम्पन्न
-
गुल्मीका किसानलाई गाई स्याहार भत्ता
-
विश्वकप २०२६ः उत्कृष्ट १० खेल, १० क्षण, १० खेलाडी र १० गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण