कफी विथ करण नयाँ सिजनको पहिलो अतिथि बन्दै दीपिका–रणवीर
आइतबार, ०५ कात्तिक २०८०, १३ : २५
मुम्बई । करण जोहरको सेलिब्रेटी च्याट शो कफी विथ करणको ८औँ सिजन छिट्टै सुरु हुँदैछ । यो सिजनको पहिलो एपिसोडमा बलिउडको पावर कपल रणवीर सिंह र दीपिका पादूकोणलाई एक साथ देख्न पाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि पनि यी दुवै शोमा आइसकेका छन् । तर हरेक पटक यिनीहरू छुट्टा छुट्टै आएका थिए । कफी विथ करणमा रणवीर र दीपिकालाई पहिलो पटक सँगै देख्न पाइनेछ । शोमा दुवैले आफ्नो बिहेका केही एक्सक्लुशिभ भिजुअल देखाउन सक्ने बताइएको छ । यी दुईको बिहे सन् २०१८ मा इटलीमा भएको थियो ।
यो एपिसोडको सुटिङका क्रममा सेटमा उपस्थित मानिसहरुका अनुसार यो एपिसोडमा जोडीले आफ्नो प्रेमकथाको बारेमा पनि कुरा गर्ने छन् । दुबैको भेट कसरी भयो, कसरी सम्बन्धमा आए र कसरी दुबैले बिहे गर्ने निर्णय गरे । यी सबै कुराहरू एपिसोडभर छलफल गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षार्थीको मोबाइल नष्ट गर्नुको सट्टा किताब हेरेर जाँच दिन लगाऊँ
-
शशांक कोइराला भन्छन्– नेपाली कांग्रेस फुटिसक्यो
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण