दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको दोस्रो चरणको मतदानबाट नयाँ नेतृत्व चयन भएको छ।
प्रदेश सदस्यमा निर्वाचित भएका व्यक्तिहरूले मात्र पदाधिकारी पदमा उम्मेदवारी दिन पाउने व्यवस्था अनुसार दाङको घोराहीमा सम्पन्न मतगणनाबाट पदाधिकारीहरूको टुङ्गो लागेको हो।
रास्वपा नेता डा. बुद्धि शर्माका अनुसार उपसभापतिमा दुर्गा अर्याल निर्वाचित भएकी छन्। यस्तै सहमहामन्त्रीमा इन्जिनियर विक्रम पौडेल र मुना हमाल निर्वाचित भए । यद्यपि निर्वाचन आयोगले औपचारिक रूपमा निर्वाचित भएको घोषणा गर्न बाँकी छ ।
उपसभापति पदका लागि भक्तबहादुर डाँगी, कमलप्रसाद पोखरेल, दुर्गा अर्याल र लोकनाथ विकले उम्मेदवारी दिएका थिए। त्यस्तै पुरुष सहमहामन्त्री पदमा इन्जिनियर विक्रम पौडेल, रविन थापा, विष्णुप्रसाद पौडेल र नीरज गहतराज प्रतिस्पर्धामा थिए।
महिला सहमहामन्त्री पदका लागि मुना हमाल र नौशित फातिमाबिच प्रतिस्पर्धा भएको थियो।
यसअघि महामन्त्री पदमा सी.एम. उपाध्याय निर्विरोध निर्वाचित भइसकेका छन्। सभापति पदमा पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक मतभार (५० प्रतिशत) भन्दा बढी प्राप्त गर्न नसकेपछि दोस्रो चरणको प्रक्रिया अघि बढाइएको थियो।
अन्ततः सर्वाधिक मत प्राप्त गरेका शालिकराम घिमिरे सर्वसम्मत रूपमा प्रदेश सभापतिमा चयन भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण