आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने

आइतबार, ३१ जेठ २०८३, १४ : ३४
आइतबार, ३१ जेठ २०८३

सारांश

  • इटहरीमा कोशी प्रदेशकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र निर्माण हुने भएको छ।
  • चार हजार जना अट्ने क्षमताको एबी हस्पिटालिटी–विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।
  • यो परियोजनाले पूर्वी नेपाललाई पर्यटन र व्यावसायिक गतिविधिको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्नेछ।

इटहरी । इटहरीमा कोशी प्रदेशकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र निर्माण हुने भएको छ। चार हजार जना अट्ने क्षमताको एबी हस्पिटालिटी–विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन बुधबार सम्पन्न भएको हो।

एभरेस्ट बैंक लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडको सहकार्यमा परियोजनाको वित्तीय समापन भएको हो। एबी इन्भेस्टमेन्ट होल्डिङका अध्यक्ष देशबन्धु बस्नेतको नेतृत्वमा निर्माण हुन लागेको यो परियोजना पूर्वी नेपालकै पर्यटन तथा आतिथ्यता क्षेत्रको महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।

इटहरीको भाटभटेनी नजिक निर्माण हुने सम्मेलन केन्द्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, प्रदर्शनी, व्यावसायिक कार्यक्रम तथा गन्तव्य विवाह आयोजना गर्न सकिनेछ। परियोजनाले इटहरी, कोशी प्रदेश तथा भारतलगायत छिमेकी मुलुकका आयोजकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ।

बस्नेतका अनुसार यो परियोजनाले पूर्वी नेपाललाई पर्यटन र व्यावसायिक गतिविधिको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउनेछ। परियोजना सञ्चालनमा आएपछि हजारौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुनुका साथै स्थानीय व्यवसाय, कृषि, सेवा र पर्यटन क्षेत्रलाई समेत टेवा पुग्ने विश्वास गरिएको छ।

परियोजनाका परिकल्पनाकार तथा व्यवस्थापक प्रभात कार्कीले सम्मेलन केन्द्र पूर्वी नेपालको दीर्घकालीन आवश्यकता रहेको उल्लेख गर्दै यसले नेपाल, भारत, भुटान र बङ्गलादेशलाई जोड्ने पर्यटन तथा व्यावसायिक केन्द्रका रूपमा पूर्वी नेपालको पहिचान बलियो बनाउने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप