असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
सारांश
- असार महिनाका लागि ७ वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।
- २० वाणिज्य बैंकमध्ये १३ बैंकले ब्याजदर स्थिर राखेका छन् भने २ बैंकले अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा तल झारेका छन् ।
- बजारमा पर्याप्त तरलता र निक्षेप सङ्कलनमा प्रतिस्पर्धा कम भएका कारण केही बैंकहरूले ब्याजदर घटाएका हुन् ।
काठमाडौं । असार महिनाको लागि थोरै वाणिज्य बैंकहरूले मात्रै ब्याजदर घटाएका छन् ।
बैंकहरूले प्रकाशन गरेको ब्याजदर तालिका अनुसार असार महिनामा ७ बैंकले ब्याजदर घटाएका छन् । ७ बैंकले ब्याजदर घटाउँदा १३ बैंकले भने ब्याजदर स्थिर राखेका छन् ।
असारका लागि २० मध्ये २ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा पनि तल झारेका छन् । जसमा १३ बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर यथावत् राख्दा ७ बैंकले भने घटाएका छन् । असार महिनाको लागि कुनै पनि बैंकले ब्याजदर बढाएका भने छैनन् ।
बाँकी बैंकहरूको व्यक्तिगत र संस्थागत दुवै ब्याजदर जेठ र असार महिनामा समान छ । बैंकहरूले सार्वजनिक गरेको असारको ब्याजदर अनुसार अधिकांश बैंकहरूले जेठ महिनाकै दरलाई निरन्तरता दिएका छन् । तर बजारमा पर्याप्त तरलता रहेको र निक्षेप सङ्कलनमा प्रतिस्पर्धा कम भएको कारण केही बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।
असारका लागि एनआईसी एसिया, एनएमबि, प्राइम, हिमालयन र स्ट्यान्डर्ड चार्टर्ड बैंकले मुद्दतीको ब्याजदर घटाएका छन् । ब्याजदर स्थिर राख्ने बैंकहरूले भने बजारको वर्तमान अवस्थालाई मूल्याङ्कन गर्दै तत्काल दर परिवर्तन आवश्यक नभएको निष्कर्ष निकालेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण