आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रास्वपा अधिवेशन

निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा

निर्वाचित समिति कानुनी लडाइँ लड्ने
आइतबार, ३१ जेठ २०८३, १४ : ३३
आइतबार, ३१ जेठ २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र परिणामलाई बदर गरेसँगै उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । अधिवेशनबाट निर्वाचित कार्य समिति नै भङ्ग भएपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको हो ।  

आयोगको आइतबार बसेको बैठकले उक्त अधिवेशनका क्रममा भएका प्रक्रियाहरू विधान र कार्यविधि विपरीत भएको ठहर गर्दै खारेज गर्ने निर्णय गरेको हो।आयोगका अनुसार जिल्लाका उम्मेदवार र सदस्यहरूले दिएको सप्रमाण उजुरीका आधारमा अध्ययन गर्दा निर्वाचनमा गम्भीर त्रुटिहरू भेटिएको बताएको छ । 

निर्वाचित कार्य समितिका पदाधिकारीले चुनावी प्रतिस्पर्धामा सभापतिका दाबेदार रहेका महेश चौधरी र हरि रेग्मीको दबाबमा निर्वाचन प्रक्रिया बदर गरिएको आरोप लगाएका छन्।

केन्द्रको निर्णयविरुद्ध आफूहरू कानुनी लडाइँ लड्ने सचिव मदनराज जोशीले बताए । 

‘पाँच वटा निर्वाचन क्षेत्र र १३ वटा पालिकाका सभापति बसेर गरिएको निर्णयका आधारमा अधिवेशन सम्पन्न भएको हो । तर अहिले निर्वाचित समितिलाई मान्यता नदिने गरी निर्वाचन आयोगबाट पत्र आएको छ । यसबारे हामी कानुनी लडाइँ लड्छौँ,’ उनले भने।

सबै निर्वाचन क्षेत्र र पालिकाका पदाधिकारीले संयुक्त रूपमा हस्ताक्षर गरी केन्द्रमा पत्र पठाउने तयारीमा रहेको सचिव जोशीले बताए ।

अधिवेशनबाट कवीन्द्र ठकुल्लाको नेतृत्वमा १० सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको थियो। 

720316917_1744363560330335_4784476216931199914_n_g75WNWEvoI

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप