अब घरमै बनाउनुहोस् चिकेन तास र खानासँग रमाउनुहोस् (भिडियो)
काठमाडौँ । दसैँमा घरमै बसेको बेला तपाईंलाई चिकेन आइटम मन पर्छ भने तपाईंले ‘चिकेन तास’ बनाएर खान सक्नु हुने छ । दिउँसोको समयमा खाजाको रूपमा तपाईंले चिकेन तास घरमै बनाएर खान सक्नु हुनेछ ।
रातोपाटीको दसैँ विशेष स्तम्भमा आज हामीले सोह्र खुट्टेमा रहेको फुडालय रेस्टुरेन्टका सेफ ‘महेश थपलिया’को सहयोगमा घरमै बनाएर खान सकिने चिकेन तासको रेसिपी र बनाउने तरिका प्रस्तुत गरेको छौँ ।
चाहिने सामग्री
- बोनलेस चिकेन (कुखुराको मासु)
- जिराको धुलो
- गरम मसला
- मिट मसला
- खोर्सानीको धुलो
- तोरीको तेल
- लेमन जुस
- लसुन
- अदुवा
- सुकेको खोर्सानी
- अदुवा लसुनको पेस्ट
- नुन

घरमै चिकेन तास बनाउन बोनलेस चिकेन (कुखुराको मासु) तयार गर्नुपर्ने हुन्छ । खास गरेर आवश्यकता अनुसार नुन, जिराको धुलो, गरम मसला, मिट मसला, खोर्सानीको धुलो, तोरीको तेल, लेमन जुस, अदुवा लसुनको पेस्ट, काटेर राखेको अदुवा, लसुन र सुकेको खोर्सानी राखेर राम्रोसँग मोल्नुपर्छ ।
मोलिसकेपछि १० देखी १५ मिनेट त्यसै छोड्नुपर्छ । अब चिकेन तास बनाउन प्यान बसालेर त्यसमा तोरीको तेल खारेर म्यारिनेट गरेर राखेको चिकेनलाई फ्राई गर्ने । मासु राम्रोसँग पाकोस् भनेर एक छिन छोपिदिनुपर्छ । चिकेनको एकसाइड पाकेपछि अर्कोतिर फर्काएर फेरि छोप्नुपर्छ । डढ्न सक्ने सम्भावना हुने भएकाले चनाखोका साथ छिनछिनमा फर्काउँदै गर्नुपर्छ । अब तपाईँको चिकेन तास तयार हुन्छ । यसपछि भने आफूलाई मन लागेको खानेकुरासँग ‘स्न्याक्स’का रूपमा खान सक्नु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो
-
षड्यन्त्र वा संयोग ? अल्जेरिया र अस्ट्रियाद्वारा ‘अप्रत्याशित’ बराबरीको बचाउ
-
भारतलाई स्तब्ध पार्दै आयरल्यान्डले रच्यो इतिहास
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण