पुष्प व्यवसायमा विवाद, उपत्यकामै तिहार लक्षित दुई मेला
काठमाडौँ । तिहारलाई लक्षित गर्दै यो वर्ष काठमाडौँ उपत्यकाको दुई स्थानमा पाँच दिने पुष्प मेला लाग्ने भएको छ । पुष्प व्यवसायमा देखिएको आन्तरिक विवादका कारण ललितपुरस्थित जावलखेल खेल मैदान र काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी कक्षमा आगामी कार्तिक १४ देखि १८ गतेसम्म समानान्तर रुपमा पुष्प मेलाहरु सञ्चालन हुने बुझिएको छ ।
फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले लालितपुरमा र नर्सरी व्यवसायी संघ नेपालले भृकुटीमण्डपमा पुष्प मेला आयोजना गर्न लागेका हुन् । विगत १६ वर्षदेखि फ्यानले तिहार लक्षित पुष्प मेला सञ्चालन गर्दै आएको छ । तर यो वर्ष अर्को पक्षले छुट्टै मेला सञ्चालन गर्न लागेको हो ।
फूल उत्पादक किसान र नर्सरी व्यवसायीलाई प्राथमिकता नदिएकाले अर्को पुष्प मेला सञ्चालन गर्न लागिएको संघका अध्यक्ष रामजी तिमिल्सिनाले बताए । ‘स्वदेशमै फूल खेती गर्ने र नर्सरीका किसानका लागि यो मेला आयोजना गरिएको हो,’ उनी भन्छन्, ‘मेलामा स्वदेशमा उत्पादित फूललाई प्रथामिकता दिइने छ ।’
यता फ्यानले भने अर्को पुष्प मेला आयोजना गर्नु संस्था विरोधी कार्य रहेको आरोप लगाएको छ । फ्यानका सचिव हिरामणि शर्माले आफूहरुले आयोजना गर्ने मेला आधिकारिक भएको बताए । ‘अर्को मेला अनाधिकृत व्यक्तिले आयोजना गरेका हुन्,’ उनले भने, ‘एकै मितिमा मेला आयोजना गर्नु संस्थाको विरोध गर्नु हो ।’
फ्यानको मेलामा ६० वटा फूल व्यवसायीको स्टल रहने बुझिएको छ । मेलामा कृषि विकास बैंकले निःशुल्क बैंक खाता खोलिदिने जनाएको छ । खाता खोल्ने ग्राहकलाई फूल खरिदमा १० प्रतिशत छुटसमेत दिने भनिएको छ । ४० हजार ग्राहकले यो मेला अनुगमन गर्ने फ्यानको अनुमान छ ।
यता, संघको मेलामा फूलको बिरुवा परामर्शसहित ५८ वटा स्टल रहने जनाइएको छ । खरिद गरिएको फूलमा केही समस्या देखिएमा फूलको हेरचाहका लागि परामर्श पनि दिइने संघले जनाएको छ ।
मेलामा फूल सम्बन्धी बिउ, मल, बिषादी, गमला, उपकरण लगायत वस्तु उपलब्ध हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण