शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

‘दिमाग खराब’ गीत : पीडाबीच मुस्कुराएका खगेन्द्र र स्वस्तिमा

शुक्रबार, १० कात्तिक २०८०

काठमाडौँ । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को नयाँ गीत ‘हितैको माया’ सार्वजनिक गरिएको छ । जयन जे सुब्बाको शब्द तथा संगीत, सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको गीतमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का र रमा थपलियाको अभिनय छ ।

कार्त्तिक २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मको एमएसएम इन्टरटेनमेन्टले वल्र्ड प्रदर्शन जिम्मा लिएको छ । सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र र स्वस्तिमाको अलवा दयाहाङ राई, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्कालगायतको अभिनय छ ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित छ । रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व छ । 

फिल्मलाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्दै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया