आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘विच्छेद’को गीत ‘गाजले’ : मुकुन र लक्ष्मीको प्रेमकथा

शुक्रबार, १० कात्तिक २०८०

काठमाडौंँ । मुकुन भुसाल र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्म ‘विच्छेद’को गीत ‘गाजले’ सार्वजनिक गरिएको छ । मङ्सिर ८ बाट प्रदर्शनमा आउने फिल्मको गीतमा मुकुन र लक्ष्मीको प्रेमकथा देख्न सकिन्छ ।

राम अविरल बिस्टको शब्द, एसडी योगीको सङ्गीत तथा योगी र ऋतिका श्रेष्ठको स्वर रहेको गीतको कोरियोग्राफी सुरेन बसेलले गरेका हुन् ।

फिल्म स्वदेश तथा  विदेशमा एकसाथ प्रदर्शन हुने निर्देशक सत्यराज चौलागाईँले बताए । अभिनेता मुकुन भुसालले लेखेको कथामा निर्देशक चौलागाईँले पटकथा लेखेका छन् । गाउँले परिवेशमा आधारित रहेको यो फिल्मको छायाङ्कन रामेछापको एक गाउँमा गरिएको छ ।

मुकुन र लक्ष्मीको अलावा फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापा, जयराम सापकोटा लगायतका कलाकारको अभिनय छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया