आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभा बैठकमा दुई वटा विधेयक प्रस्तुत

आइतबार, १२ कात्तिक २०८०, १५ : ०१
आइतबार, १२ कात्तिक २०८०

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आज (आइतबार) दुई वटा विधेयक पेस भएका छन् । 

आइतबारको प्रतिनिधि सभा बैठकमा “बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत भएको छ भने “भन्सार विधेयक, २०८० प्रस्तुत भएको छ । 

दुवै विधेयक अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेका हुन् । त्यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संसदका दुवै सदनलाई कार्तिक १४ गते मंगलवार अपरान्ह ४ बजे सम्बोधन सम्बन्धी जानकारी सांसदलाई गराए । उनले महासचिव गुटेरेसले सम्बोधन गर्ने दिन संसदमा औपाचारिक पोसाकमा उपस्थित हुन सांसदहरुलाई निर्देशन समेत दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप