‘डिग्री माइला’ छायांकनको दोस्रो सेडुल तिहारपछि सुरु हुने
काठमाडौंँ । रामबाबु गुरुङको निर्देशन रहने फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ को छायांकनको दोस्रो सेडुल तिहारपछि सुरु हुने भएको छ । फिल्मको पहिलो सेडुलको छायांकन दसैँ अगाडि ओखलढुङ्गाको विभिन्न स्थानमा गरिएको थियो ।
कलाकार, प्राविधिक लगायत सबै पक्षलाई दसैँ तिहारमा फुर्सद दिन फिल्मको छायांकन दुई सेडुलमा गरिएको निर्देशक रामबाबु गुरुङले बताए । ‘पहिलो सेडुल दसैँ अगाडि सकिएको छ । दोस्रो सेडुल तिहारलगत्तै गरिनेछ’ गुरुङले भने ।
फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङलगायतको अभिनय रहनेछ । २०७१ सालमा मण्डला थिएटरमा तीनपटकसम्म मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियामा रहेर यो फिल्म बन्न लागेको हो । त्यस नाटकलाई दयाहाङ राईले निर्देशन गरेका थिए ।
बासुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको ट्यागलाइन ‘किन चाउरियो मरिच, आफ्नै रागले’ राखिएको छ । आगामी नयाँ वर्ष (२०८१)मा फिलम प्रदर्शनमा आउने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण