मुद्दाको पेशी टरेपछि एभरग्रान्डेको शेयर मूल्यमा पहिरो
हङकङ । चीनको समस्याग्रस्त रियल ईस्टेट कम्पनी एभरग्रान्डेको शेयर मूल्य सोमबार कीर्तिमानी न्यून स्तरमा ओर्लिएको छ । हङकङको एक अदालतमा विदेशी लगानीकर्ताहरुले कम्पनीलाई दिएको कर्जा भुक्तानीको विषयमा हालेको मुद्दाको सोमबारको पेशी सरेपछि कम्पनीको शेयर मूल्यमा पहिरो गएको हो ।
शुक्रबार बजार बन्द हुँदाको तुलनामा सोमबार एभरग्रान्डेको शेयर मूल्य २० प्रतिशतले घटेर प्रतिकित्ता १८ हङकङ डलर ६० सेन्टमा आएको थियो । बजार बन्द हुँदा भने शेयरमा केही सुधार देखिएको थियो । शुक्रबार शेयर बजारमा कारोबार बन्द हुँदा कम्पनीको शेयर प्रतिकित्ता २३ हङकङ डलर ६ सेन्टमा थियो ।
हङकङको उच्च अदालतकी न्यायाधीश लिन्डा चानले अक्टोबर ३० को पेशीलाई डिसेबर ४ मा सारेकी छिन् । सो मितिअघि एभरग्रान्डेले पुनःसंरचनाको संशोधित प्रस्ताव ल्याउनै पर्नेछ । नत्र कम्पनी बन्द हुने सम्भावना प्रबल हुनेछ । पछिल्लो समय कम्पनी एक पछि अर्को गर्दै संकटमा फसिरहेको छ । कर्जामा चुर्लुम्म डुबेको कम्पनीले पटक पटक ऋणको साँवा ब्याजको भुक्तानी गर्न सकेको छैन ।
सेप्टेम्बरको अन्त्यमा कम्पनीका निर्देशक र कार्यकारी अध्यक्ष पक्राउ परेका थिए । एभरग्रान्डेको समस्या अन्य प्रोपर्टी कम्पनीमा पनि पोखिन थालेको छ । असफल हुन दिनै नहुने गरी ठूलो एभरग्रान्डे अहिले चिनियाँ अधिकारीहरुको टाउको दुखाइको विषय बनेको छ । कम्पनी धराशायी बन्यो भने यसले समग्र चिनियाँ अर्थतन्त्रमा पार्ने प्रभावबारे अनेकौँ अड्कलबाजी आउन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण