टर्किस एयरलाइन्सद्वारा श्रीलङ्कामा सिधा उडान सुरु
कोलम्बो । टर्किस एयरलाइन्सले एक दशकपछि श्रीलङ्का र इस्तानबुलबीच सिधा उडान सुरु गरेको छ ।
विमानस्थल तथा उड्डयन सेवा श्रीलङ्का लिमिटेडका अध्यक्ष जीए चन्द्रसिरीका अनुसार टर्किस एयरलाइन्सले १० वर्षपछि इस्तानबुल–श्रीलङ्का यडान सेवा सञ्चालनमा ल्याएको हो ।
टर्कीको विमान श्रीलङ्का आइपुगेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रसिरीले दुई देशबीच सातामा चार वटा उडान हुने जानकारी दिए ।
सन् २०२४ देखि टर्किस एयरलाइन्सको उडान साताको सातै दिन श्रीलङ्का आइपुग्ने उनले बताए । उनले टर्कीबाट आउने यात्रुको सङ्ख्या अब ३०० प्रतिशतले बढ्ने बताए ।
श्रीलङ्काका पर्यटन तथा भूमि मन्त्री हरिन फर्नान्डोले पनि सन् २०२४ मा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए ।
श्रीलङ्काको पर्यटन क्षेत्र यहाँको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमध्ये एक हो । सरकारले सन् २०२३ मा यस पहिलेको लक्ष्यभन्दा करिब पाँच लाख बढी अर्थात् २० लाख विदेशी पाहुना आकर्षित गर्ने लक्ष्य राखेको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण