देउराली सहकारी प्रकरण : म्यानेजरसहित थप दुई जना पक्राउ
काठमाडौँ । देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका म्यानेजरसहित थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहकारीका म्यानेजर दीपक केसी र ऋण समितिका सदस्य राजेन्द्र खत्री छन् ।
भक्तपुर घर भएका सहकारीका म्यानेजर र ऋण समितिका सदस्यलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए । प्रहरीको केन्द्रीय अनुसन्धान असोज १५ मा देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली सहकारीका संचालकहरुले बचतकर्ताको रकम फिर्ता नदिएर ठगी गरेको आरोप छ । देउराली सहकारीका सञ्चालक चौलागाईंसहितका संचालकहरुविरुद्ध ४८ करोड रकम अपचलन गरेको उजुरी परेको छ । ३ सय ६९ जनाले अहिलेसम्म जाहेरी दर्ता गराएको र जाहेरी आउने क्रम जारी रहेको एसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण