क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान
काठमाडौँ । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान गरेको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालउपर उजुरी आह्वान गरेको हो ।
पौड्याल उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र स्पष्ट आधार खोली समितिमा सूचना वा उजुरी दिन सकिनेछ । उजुरीकर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहने समितिले बताएको छ ।
समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तावित राजदूत पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले सरकारी सञ्चारमाध्यमहरूमार्फत सूचना प्रकाशित गर्न प्रस्ताव गर्नुभयो । सो प्रस्तावलाई समितिले सर्वसम्मतिले पारित गरेको छ ।
उनले प्रस्तावित व्यक्तिको नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन एवं प्रसारण गर्न समिति सचिवलाई निर्देशन दिए । उजुरी आह्वानपछि प्रस्तावित राजदूतको संसदीय समितिमा सुनुवाइ हुने छ। समितिले अनुमोदन गरे पछि राजदूत नियुक्त हुने छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण