मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

सरसफाइकर्मी एवं पेन्टरहरूको रगतमा सिसा !

मानव शरीरमा कसरी बन्छ हानिकारक सिसा ?
शुक्रबार, १७ कात्तिक २०८०, ०८ : ३२
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडाैँ । स्वास्थ्यतथा जनसङ्ख्या मन्त्रालयले रगतमा पाइने (लेड) सिसा अत्याधिक पाइएकाले सचेत हुन भन्दै हालै मात्र तीन-तीन पटक विज्ञप्ती जारी गरी सचेत गराएको छ । सिसा एक प्रकारको रसायन हो, जुन शरीरमा भएमा सजिलै नपग्लने र नपच्ने भएकाले सचेत हुन मन्त्रालयको आग्रह थियो ।

विज्ञप्तिमा भनिएको थियो, ‘नेपाल सरकार लेड सिसाको प्रयोगलाई निरुत्साहितगर्न प्रयत्यनरत छ । तसर्थ (लेड) सिसाको विषाक्तताबाट जोगिन सबैलाई सचेत हुनमन्त्रालय अनुरोध गर्दछ ।’ 

तर, स्वास्थ्य मन्त्रालयले आयुर्वेद औषधिको गुणस्तरीयता एंव लेडलगायत खनिज द्रव्यको विषाक्तता सम्बन्धमा सञ्चार माध्यम र सामाजिक सञ्चालनमा नकारात्मक सन्देश फैलाएको भन्दै आयुर्वेदतर्फका चिकित्सक,स्वास्थ्यकर्मी तथा व्यवसायीले असन्तुष्टि जनाएका थिए । 

मन्त्रालयले सौन्दर्यका सामग्री,आयूर्वेदिकऔषधि,खाने कुराबाट(लेड) सिसा हुने भएकाले सचेत रहन आग्रह गरेकोमा आयुर्वेदतर्फका चिकित्सक, स्वास्थ्यकर्मी तथा व्यवसायीले आपत्ति जनाएपछि कार्तिक १२ गते मन्त्रालयले विज्ञप्ति जारी गरेकोमा सोहीदिन सच्याएको थियो ।

रंगरोगन पेन्ट्स, सौन्दर्यका प्रशाधनहरू खानेकुरा (नुडल्स) रंगीचंगी खेलौनाहरू,केहीदर्ता नगरिएका आयूर्वेदिकऔषधि आदिबाट(लेड) सिसाको विषाक्तता हुने जानकारीमा आएको भनी पहिलेको प्रेस विज्ञप्तिमा थियो ।

मन्त्रालयले केही तथा दर्ता नगरिएका आयूर्वेदिक औषधि उल्लेख गरी पुनः विज्ञप्ति जारी गरेपनि नेपाल आयुर्वेद चिकित्सक संघले कार्तिक १४ गते विज्ञप्तिमार्फत्आयुर्वेद चिकित्सा पद्धतिमा प्रयोग हुने औषधीमाविशेष विधिबाट प्रशोधन गरिएका खनिज द्रव्यको न्यूनतम मात्रा तोकिएको बताएको थियो ।

यस्तै, संघले अधिकारिक निकायबाट आयुर्वेद औषधीएवं उपचार पद्दतिसम्बन्धी सूचना प्रकाशित गर्नुपूर्व अनिवार्य रुपमा सम्बन्धित निकाय,सङ्घ संस्था,आयुर्वेद विज्ञको रायलिन मन्त्रालयलाई सचेत गराएको थियो । 

त्यसपछि स्वास्थ्यमन्त्रालयले १५ कात्तिकमा तेस्रो पटक विज्ञप्ती सच्यायो । जसमा सम्बन्धित परिषद्मादर्ता भएका चिकित्सक एवं स्वास्थ्यकर्मीको परामर्शमा चिन्ह प्राप्तगर्ने औषधि व्यवस्था विभागमा दर्ता भएकाआयुर्वेद औषधीहरू तथा नेपाल गुणस्तर चिन्हप्राप्त पेन्ट,श्रृंगारका साम्र्रगी, नुडल्सको विषयमा यो जानकारी नरहेको बताएको छ ।

यद्यपि,जथाभावी रुपमा शरीरमा दुष्प्रभाव पार्ने सम्भावना भएका जडिबुटी,गह्रौँ धातु, खनिज पदार्थहरू रहेका पेन्ट, श्रृंगारका सामग्री, नुडल्सबारे सर्वसाधारणलाई जानकारी गराएको उल्लेख छ । 

के हो रगतमा पाइने सिसा ?
(लेड) सिसा शरीरमा ३ तरिकाबाट प्रवेश गर्छ । कुनै खानेकुरा,वातावरणमा भएका सिसा श्वास प्रश्वासबाट, श्रृंगारको सामान प्रयोग गर्दा प्रवेश गर्छ । 

शरीरको रगतमा देखिने सिसा आँखाले देख्ने काँच भने होइन । लेड प्राकृतिक रुपमापाइने विषाक्तधातु हो,जसले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले   रंगरोगन पेन्ट्स, सौन्दर्यकाप्रशाधनहरू,खानेकुरा (नुडल्स) रंगीचंगी खेलौनाहरू, केही आयूर्वेदिकऔषधिका माध्यमबाट रगतविषाक्त भएको अध्ययनले देखाएको बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार सबै उमेर समूहका व्यक्तिका रगतमा सिसाको विषाक्तताले असर पुर्याउँछ । तर,बालबालिकाको रगतमा सिसाको एक्सपोजरले स्वास्थ्यमा गम्भीर असर पार्छ । किनभने  बालबालिकामा वयस्कहरूको तुलनामा ४–५ गुणा बढी (लेड) सिसा सोस्ने गर्छ । 

रगतमा देखिने सिसाको विषाक्तता परीक्षण गरेपछि मात्रै थाहा हुन्छ । यद्यपि, नेपालमा (लेड) सिसाको कतिमात्रामा प्रयोग भएको छ,यसले कति असर गरिरहेको छ ?भन्नेबारे वृहत् रुपमाअध्ययनभएको छैन ।

मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीका अनुसार नेपालमा अनुसन्धानहरूमा बालबालिका, प्रजनन समूहका वयष्क मानिसहरू,सरसफाईकर्मी एवं रंगरोगन गर्ने पेन्टरहरूको रगतमा(लेड) सिसा अत्यधिक मात्रामा पाइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सबै उमेर समूहका व्यक्तिका रगतमा सिसाको विषाक्तताले असर पुर्याउँछ । तर,बालबालिकाको रगतमा सिसाको एक्सपोजरले स्वास्थ्यमा गम्भीर असर पार्छ । किनभने  बालबालिकामा वयस्कहरूको तुलनामा ४–५ गुणा बढी (लेड) सिसा सोस्ने गर्छ । 

यस्तै, मस्तिष्क र केन्द्रीय स्नायु प्रणालीमा गम्भीर क्षति हुनसक्छ । गम्भीर सिसा विषाक्तताबाट बच्ने बच्चाहरू स्थायीबौद्धिक अपाङ्गता र व्यवहार सम्बन्धी विकारहरूबाट जोगिने उल्लेख गरिएको छ । 

विशेष गरी, सिसाले बालबालिकाको मस्तिष्कको विकासलाई असर गर्न सक्छ, जसको परिणामस्वरुप बुद्धिमत्ताको अंश (आइक्यू)कम हुन्छ, व्यवहारमा परिवर्तन हुन्छ । जस्तै ध्यानअवधि घट्छ र असामाजिक व्यवहार बढ्छ । यसले शैक्षिकउपलब्धिक महुन जान्छ ।

सिसाको एक्सपोजरले एनिमिया, उच्च रक्तचाप, मिर्गौलामा कमजोरी, इम्युनोटोक्सिसिटी र प्रजनन अंगहरूमा विषाक्तता पनि निम्त्याउँछ ।

जसमा उच्च रक्तचाप, हृदयाघातको समस्या र मिर्गौलामा क्षतिहुने जस्ता जोखिम रहन्छ । गर्भवती महिलामा गर्भ तुहिने, समयपूर्व शिशुको जन्म या कमतौलको शिशुको जन्महुन सक्ने भएकाले (लेड) सिसा शरीरमा प्रवेश गर्न जोगिनुपर्ने देखिन्छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप