कर्णाली सरकारद्वारा सहयोगका लागि आह्वान
शनिबार, १८ कात्तिक २०८०, ०८ : ५७
सुर्खेत । कर्णाली प्रदेश सरकारले भूकम्पबाट व्यापक जनधनको क्षति भएको भन्दै सहयोगका लागि आह्वान गरेको छ । शनिबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै पक्षलाई सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको हो।
बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने र राहत सामग्री पठाउने कर्णाली प्रदेश सरकारको निर्णय गरेको छ । प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए।
प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति भएको छ । भूकम्पपछि उद्धारको कार्य जारी रहेको छ । सबैभन्दा बढी क्षति जाजरकोट र पश्चिम रुकुममा भएको प्राप्त विवरणहरूमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण