जाजरकोट भूकम्प
रुकुम पश्चिमको सानीभेरी अस्पताल पुगे प्रधानमन्त्री
शनिबार, १८ कात्तिक २०८०, १२ : ०९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गए राति गएको शक्तिशाली भूकम्पबाट प्रभावित बनेको रुकुम पश्चिम पुगेका छन् । शनिबार बिहानै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोट पुगेका प्रधानमन्त्री त्यहाँबाट रुकुम पश्चिम पुगेका हुन् ।
रुकुम पश्चिमको सानीभेरी अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको स्थितिबारे जानकारी लिएका छन् । साथै भूकम्प पीडितहरूको उद्धार तथा राहतको अवस्थाबारे पनि जानकारी लिएका छन् ।
यसअघि जाजरकोटबाट घाइते ७ जना तथा ७ जना कुरुवालाई आफू सवार हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत पुर्याएका थिए । गत राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म १३६ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण