जाजरकोट भूकम्प
आफू चढेको हेलिकप्टर उद्धारका लागि छोडेर काठमाडौँ फर्कँदै प्रधानमन्त्री प्रचण्ड
शनिबार, १८ कात्तिक २०८०, १४ : १०
काठमाडौँ । गएराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट भएको क्षति र प्रभावितहरुको अवस्था बुझ्न सो क्षेत्रमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफू चढेको हेलिकप्टर उद्धारका लागि छोडेर अर्को विमानबाट काठमाडौँ फर्किने भएका छन् ।
साढे २ बजे नेपालगञ्जबाट हवाईजहाज मार्फत काठमाडौँ फर्कन लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले रातोपाटीलाई जानकारी दिए । नेपाली सेनाको हेलिकोप्टरमा जाजरकोट पुगेका प्रचण्डले साथमा दुई सुरक्षाकर्मी र मेडिकल टिम लिएर गएका थिए । हेलिकोप्टरबाट घाइतेलाई अस्पताल पुर्याउनका लागि प्रधानमन्त्री प्रचण्ड आफैँ खटिएका थिए ।
पीडितलाई राहत, उद्धारका लागि निर्णय गर्न भोली बिहान ८ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको प्रेस संयोजक सूर्यकिरणले जानकारी दिएका छन् । प्रचण्ड बिहान भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण