टी-२० विश्वकप छनोट
अविनाषले लिए ओमानको चौथो विकेट
आइतबार, १९ कात्तिक २०८०, १४ : ०२
काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ओमानले आफ्नो चौथो विकेट गुमाएको छ ।
ओमानको चौथो विकेट अविनाष बोहराले लिएका हुन् । उनले ओमानका प्रभावशाली ओपनर ब्याट्सम्यान कश्यप प्रजापतीलाई आउट गराएका हुन् । अविनाषले कश्यपलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराए ।
पेभेलियन फर्किनुअघि ओपनर ब्याट्सम्यान कश्यपले ६३ रन बनाएका थिए । उनले केवल ५२ बलको सामना गरी चार छक्का र तीन चौका पनि हिर्काएका थिए । कश्यप आउट हुँदा ओमानले १६.५ ओभरमा चार विकेट एक सय ४६ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण