रुकुम पश्चिमका साढे तीन हजार बढी परिवारलाई राहत वितरण
रुकुम पश्चिम । रुकुम पश्चिमका साढे तीन हजार बढी परिवारहरूलाई राहत वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार ७२० घरका तीन हजार ७५२ परिवारलाई पहिलो राहत वितरण गरिएको हो ।
चौरजहारी नगरपालिकाको वडा नम्बर १०, १२ र १४ मा २८८ घरका एक हजार ५११ परिवारलाई चामल, दाल, चिउरा, साबुन ब्लयाङ्केट वितरण गरिएको छ ।
यस्तै सानोभेरी गाउँपालिकाको वडा नम्बर २ का १३३ घरका ७२८ परिवारलाई त्रिपाल, म्याट्रेस र कम्बल वितरण गरिएको छ भने मुसिकोट नगरपालिकाको १३ र १४ नम्बर वडामा पनि राहत वितरण गरिएको छ । यहाँका ९४ घरका ४८४ परिवारलाई चामल, दाल, चिउरा, साबुन र ब्ल्याङ्केट वितरण गरिएको छ ।
आठबिसकोट नगरपालिकाका ९, १०, ११, १३ र १४ नम्बर वडामा पनि राहत वितरण गरिएको छ । यहाँका १५५ घरका ७४४ परिवारलाई चामल, दाल, नुन, तेल, त्रिपाल, म्याट्रेस र कम्बल वितरण गरिएको छ । यस्तै त्रिवेणी गाउँपालिकाको ९ नम्बर वडाका २८५ परिवारलाई त्रिपाल वितरण गरिएको छ ।
गत शुक्रवारको भूकम्पका कारण रुकुम पश्चिमका विभिन्न पालिकाहरूमा धनजनको क्षति भएको छ । विशेष गरी यहाँका आठबिसकोट र सानोभेरीमा मानवीय क्षति भएको छ भने भौतिक संरचनाको क्षति आंशिक रूपमा सबैतिर परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिर्गौला प्रत्यारोपणपछि पनि सगरमाथाको शिखर चुमेका पेम्बा
-
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन
-
केप भर्डे र साउदी अरेबिया पहिलो हाफमा गोलरहित
-
मनभित्र रिस दबाएर राख्दा हुन सक्छ अटोइम्युन डिजिज
-
पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई अग्रता
-
गोलबजार नगरपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण