बिहे गरेको १२ वर्षपछि हनी सिंहको सम्बन्धविच्छेद
नयाँ दिल्ली । भारतका चर्चित र्यापर हनी सिंहले सम्बन्धविच्छेद गरेका छन् । बिहे गरेको १२ वर्षपछि श्रीमती शालिनी तलवारसँग हनीले पारपाचुके गरेका हुन् । लामो समयसम्म उनी आफ्नो विवाहित जीवनलाई लिएर चर्चामा थिए । दिल्लीको फ्यामिली कोर्टले सिंह सम्पत्तिलाई अलग्गिने मन्जुरी दिएको छ । साढे २ वर्षदेखि सम्बन्ध विच्छेदको मुद्दा अदालतमा विचाराधीन थियो ।
शालिनीले हनीलाई घरेलु हिंसाको आरोप लगाएकी थिइन् । अदालतले सम्बन्धविच्छेदलाई अनुमति दिनु अघि हनीलाई अन्तिम पटक अब पनि पत्नीको साथमा रहने कोसिस गर्न चाहन्छौँ ? भनेर सोधेको थियो । यसको उत्तरमा उनले अब पनि साथमै बस्नु कुनै औचित्य नभएको उत्तर दिएका थिए । शालिनीले पनि हनीको उत्तरमा सहमति जनाएकी थिइन् ।
दुबैले एक अर्कामाथि लगाएको आरोप फिर्ता लिएका छन् । हनी र शालिनीले लभ म्यारिज गरेका थिए । लामो समयसम्म एक अर्कालाई डेट गरेपछि सन् २०११ मा सिख रीतिरिवाजअनुसार दुबैको बिहे भएको थियो । शालिनीसँग उनको अफेयरको चर्चा चल्न थालेपछि एउटा रियालिटी शोमा हनीले आफूले शालिनी आफ्नो पत्नी भएको अनि बिहे भएको तीन वर्ष भइसकेको खुलासा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण