तिहारमा दुई कार्यक्रम गर्दै शैलेन्द्र सिम्खडा
काठमाडौँ । चर्चित हास्य कलाकार तथा कवि शैलेन्द्र सिम्खडाले यो तिहारमा दुई कार्यक्रम गर्ने भएका छन् । उनले काठमाडौँ र पोखरमा गरेर दुई कार्यक्रम गर्न लागेको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।
उनको पहिलो कार्यक्रम फोकस नेपालको आयोजनामा ‘देउसी भैलो’ हुनेछ । कात्तिक २४ गते राष्ट्रिय नाचघरमा आयोजना हुने कार्यक्रममा उनले आफ्नो प्रस्तुति मार्फत भ्रष्टहरुलाई सिस्नुपानी लगाउने बताएका छन् ।
यो कार्यक्रममा सिम्खडालाई कमेडीमा राजा राजेन्द्र पोखरेल, सुवोध गौतम, प्रभात लामाले साथ दिदैछन् । रोहित कार्की र साथीहरुको समहुको देउसी भैलो प्रस्तुति समेत रहेन कार्यक्रममा बिभिन्न कला केन्द्रबाट नृत्यका साथै लोक तथा आधुनिक गायक गायिकाको प्रस्तुति पनि रहनेछ ।
त्यस्तै कात्तिक २५ मा उनले पोखरामा आयोजना हुने ‘७औं दिपावली सांगीतिक साँझमा’ प्रस्तुति दिनेछन् । यो कार्यक्रमको आफ्नो प्रस्तुति र सहयोगी भने सिम्खडाले उल्लेख गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण