अरूले आँट गरेनन्, मैले पृथ्वी जयन्तीका दिन बिदा दिएँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरू कुनै पनि प्रधानमन्त्रीले पृथ्वी जयन्तीका दिन बिदा दिने आँट नगरे पनि आफूले गरेको दाबी गरेका छन् । प्रधानमन्त्रीले पृथ्वीनारायण शाहको एकता अभियानपछिको ठुलो कर्म जनयुद्ध भएको दाबी पनि गरेका छन् ।
बिहीबार पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मानिसहरूलाई प्रचण्डले के गर्यो भन्ने पनि लाग्छ । तर नेपाली इतिहासमा त्यो (पृथ्वीनारायण शाहको नेतृत्वको अभियान) एउटा ऐतिहासिक परिघटना थियो । जसले आधुनिक नेपाल निर्माणको प्रक्रियामा एउटा ‘माइलस्टोन’को भूमिका खेल्यो, ऐतिहासिक भौतिकवादी हुनुको नाताले भौतिक ढङ्गले त्यसलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो भन्ठानेर बिदा दिएको हुँ ।’
जनयुद्धको इतिहासलाई कतिपयले दबाउन खोजे पनि कसैले दबाउन नसक्ने प्रचण्डको दाबी छ । प्रचण्डले सरकारले जनयुद्ध दिवसमा दिएको बिदाप्रति टिप्पणी भए पनि त्यसको औचित्य नभएको टिप्पणी गरे ।
‘नेपालको इतिहासमा पृथ्वीनारायण शाहको एक खालको कर्मपछिको ठुलो कर्म नेपाली जनताले ल्याएको जनयुद्ध नै हो’, प्रचण्डले भने, ‘त्यसलाई अहिले जति दबाउन खोजे पनि इतिहासमा पटक पटक उठिराख्छ । त्यो चिहानबाट फेरि उठ्छ ।’ उनले हजारौँ मान्छेहरूले आफूखुसी बलिदान दिएको आन्दोलनलाई कसैले एक छिन दबाउन खोजे पनि त्यो उठ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण