भारतबाट भित्रिने खसी–बोका रोक्न माग
काठमाडौँ । नेपाल व्यावसायिक बाख्रापालक महासङ्घले सरकारले पेसा व्यवसायको संरक्षण गर्नुपर्ने माग गरेको छ । आज पत्रकार सम्मेलन गर्दै महासङ्घले आफूहरुको पेसा–व्यवसायको संरक्षणका लागि हाल भइरहेको सरकारी प्रयास न्यून उपलब्धि दिने, नाम मात्रैका र वास्तविक किसानको पहुँचभन्दा बाहिर रहेको जनाएको छ ।
सरकारले किसानलाई उचित अनुदानको व्यवस्था गर्न नसक्दा अहिले खसी–बोकाबाट घाटा व्यहोर्नुपरेको महासङ्घको भनाइ छ । साथै, अवैध रुपमा भित्र्याइने भारतीय खसी बोकाका कारण सङ्क्रामक रोगको मारमा किसान पर्ने गरेका छन् ।
नेपाली बजारमा भारतीय खसी बोकाको मासुले प्रश्रय पाउँदा किसान मारमा परेका छन् । यसले नेपालको अर्थतन्त्रमा समेत असर परेको महासङ्घको भनाइ छ । बाख्रापालक किसानलाई राज्यले उचित अनुदानको व्यवस्था गर्नुपर्ने, पेसाको विस्तार, ऋण सुविधा, सरकारी तहबाट किसानका लागि उच्च जातका बोका, पाठीहरु वितरण कार्यलाई अभियानको रुपमा सञ्चालन गरिनुपर्ने माग पत्रकार सम्मेलनमा गरिएको छ ।
कार्यक्रममा महासङ्घका अध्यक्ष गोविन्द सुवेदीले अवैध रुपमा भित्रिने खसी बोकाका कारण मूल्य नपाएको बताए । नेपालमा खसी बोकाको मासुको मूल्य बढाउने मनसाय नभएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण