सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले जाजरकोट र रुकुममा तत्काल दुई काम गर्नुपर्छ : महामन्त्री थापा

आइतबार, २६ कात्तिक २०८०, १६ : ०९
आइतबार, २६ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा तत्काल दुईवटा काम गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले सरकारलाई फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्नुपर्ने बताएका हुन् ।

‘एक, सरकारबाट भइरहेका फजुल खर्च रोक्नुहोस् र भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुहोस्। अनि बल्ल, सरकारको गम्भीरता देखिन्छ। दुई, ‘संसदीय कोष’ भनेर चिनिने ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ को लागि छुट्टाएको करिब ८ अरब २५ करोड रुपैयाँ पुनर्निर्माण कोषमा जम्मा गर्नुहोस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै उक्त दुई वटा कुरा तत्काल गर्न भनेको थापाले उल्लेख गरेका छन् । सरकार आफैँले तत्काल गर्न सक्ने यति काम सुरु गरेपछि बल्ल अन्य सहयोगी दाताहरू तथा अन्यत्रबाट सहयोग माग्ने, व्यवस्थापन र परिचालन गर्ने नैतिक बल सरकारलाई प्राप्त हुने उनको भनाइ छ । 

भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुपर्ने थापाको भनाइ छ । ‘भूकम्पपछि तत्काल राहत, अस्थायी आवास निर्माण र पुनर्निर्माण सम्म पुग्दा ठुलो खर्च लाग्छ किनकि भूकम्पले क्षति पुर्‍याएका हजारौँ त घर मात्र बनाउनुपर्नेछ। सरकारले यो सबैको व्यवस्थापन गर्नुपर्नेछ,’ उनी भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप