आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

डायबिटिजबाट बच्न चाहनु हुन्छ ?

मङ्गलबार, २८ कात्तिक २०८०, १४ : ०३
मङ्गलबार, २८ कात्तिक २०८०

काठमाडौँ । नोभेम्बर १४ अर्थात् आज विश्व मधुमेह दिवस । पछिल्लो समय विश्वभर मधुमेहका कारण दसौँ लाख मानिसहरूको मृत्यु भइरहेको छ । 

यो रोग हर कोहीलाई हुन सक्छ । पछिल्लो समय यो रोग वृद्धवृद्धा र वयस्कहरु मात्रै होइन बच्चा र युवाहरुमा पनि देखिन थालेको छ । शरीरमा रगतमा चिनीको मात्रा धेरै जम्मा हुन लागेपछि यो रोग लाग्छ । 

यसका कारण पीडितलाई हर्ट अट्याक वा हर्ट स्ट्रोक पनि हुन सक्छ । मधुमेहलाई खेलाँची गर्दा आँखाको दृष्टि गुम्ने, मिर्गौलाले काम गर्न छाड्ने जस्ता समस्याहरु पनि आइपर्न सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार विश्वभरमा ४२ करोड २० लाख मानिसलाई मधुमेह छ । गएको ४० वर्षमा मधुमेहका रोगीको संख्या ४ गुणाले बढेको छ । तर पनि मानिसहरु यो रोगको लक्षण, बचाउ र कारणप्रति जागरुक छैनन् । यसको चपेटामा आएका आधा जति मानिसलाई आफू बिरामी छु भनेर पत्तै छैन । तर जीवनशैलीलाई नियन्त्रण गरेर यो रोगलाई पनि नियन्त्रणमा राख्न सकिन्छ ।

के हो मधुमेह ?

हामीले खाएको खानाबाट शरीरले कार्बोहाइड्रेट्सलाई टुक्रा टुक्रा पारेर ग्लुकोजमा बदल्छ । प्यान्क्रियाजले इन्सुलिन नामक हर्मोन निकाल्छ । यसको मद्दतले शरीरको कोशिकाहरुले सुगरलाई सोसेर ऊर्जा बनाउँछ । हाम्रो शरीरमा इन्सुलिन बन्न कम भएपछि कोशिकाहरुले रगतमा रहेको सुगर पर्याप्त मात्रामा सोस्न सक्दैनन् । यसका कारण मधुमेह हुन्छ ।

मधुमेहको कयौँ प्रकार छन् । अधिकांशमा पहिलो प्रकार, दोस्रो प्रकार र जेस्टेशनल डाइबेटिज पाइन्छ । टाइप १ मा प्याक्रियाजमा हर्मोन इन्सुलिन बन्न बन्द हुन्छ । जसले गर्दा रगतमा ग्लुकोजको मात्रा बढ्न थाल्छ । यस्तो किन हुन्छ भनेर वैज्ञानिकहरुले अहिलेसम्म पनि पत्ता लगाउन सकेका छैनन् । यसलाई आनुवांशिकता र भाइरल इन्फेक्शनसँग जोडेर हेरिएको छ । मधुमेहको रोगीमध्ये हरेक १० मध्ये एक जनामा टाइप १ हुन्छ ।

टाइप २ मा भने प्याङक्रियाजमा आवश्यकता अनुसार इन्सुसिलन बन्दैन या हर्मोनले ठिकसँग काम गर्दैन । अधबैँसे वा वृद्धवृद्धा, मोटा वा शारीरिक श्रम नगर्ने युवालाई यो मधुमेह हुन सक्छ । केहीलाई गर्भावस्थामा मधुमेह हुन्छ । यस्तो मधुमेहलाई जेस्टेशनल मधुमेह भनिन्छ । 

यसमा महिलाको शरीरले आफू र आफ्नो बच्चाका लागि पर्याप्त मात्रामा इन्सुलिन बनाउन सक्दैन । अलग अलग मापदन्डका आधारमा गरिएको एउटा अध्ययनले के देखाएको छ भने ५ देखि १६ प्रतिशत महिलामा यस्तो मधुमेह हुने सम्भावना छ । केही महिलामा बच्चा जन्मिएपछि मधुमेह रहन सक्छ ।

के हो मधुमेहको लक्षण ?

धेरै तिर्खा लाग्ने

सामान्य भन्दा धेरै पिसाब लाग्ने, खास गरेर रातमा

थकान महसुस

बिना कारण तौल घट्दै जाने

आँखाको रोशनी कम हुनु

घाउ निको हुन समय लाग्नु

ब्रिटिस नेशनल हेल्थ सर्भिसका अनुसार टाइप १ मधुमेहको लक्षण निकै सानो उमेरदेखि देखिन शुरु हुन्छ  । टाइप २ भने अधबैँसे उमेरमा हुन्छ ।

मधुमेहबाट बच्न सकिन्छ ?

मधुमेह अनुवांशिक र पर्यावरणीय कारणले हुन्छ । तर रगतमा ग्लुकोजको मात्राको नियन्त्रित गरेर आफूलाई मधुमेहबाट बचाउन सकिन्छ । सन्तुलित भोजन र व्यायाम गरेर पनि मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ । प्रशोधित खानेकुरा र ड्रिङ्क्सको प्रयोग बन्द गर्नुस् । नियमितको भोजनमा सागसब्जी, फलफूल र सिंगै अन्न पनि सामेल गर्नुस् । 

स्वस्थबद्र्धक तेल, बदामको साथसाथै माछालाई पनि आहारमा समावेश गर्नुस् । किनकि यी खानेकुरामा ओमेगा ३ पर्याप्त मात्रामा पाइन्छ । नियमित अन्तरालमा खाना खानुस् । शारीरिक व्यायामले पनि ब्लड सुगरको स्तर कम गर्न सकिन्छ । हप्तामा करिब अडाई घण्टा एरोबिक्स एक्सरसाइज गर्नु पर्ने, छिटो छिटो हिँड्ने अनि भर्‍याङ ओहोरो दोहोरो गर्नु पर्ने ब्रिटिस नेशनल हेल्थ सष्टिमले भनेको छ । शरीरको तौल नियन्त्रणमा छ भने ब्लड सुगरको स्तरलाई सजिलैसँग कम गर्न सकिन्छ । धूम्रपान नगर्नुस् मुटुको रोगबाट बच्न कोलेस्ट्रोल स्तरको जाँच गराइ रहनुस् ।-बीबीसी हिन्दी 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप