तीन दिनदेखि सुरुङमा फसेका ४० मजदुरको अझै भएन उद्धार
काठमाडौँ । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा तीन दिनदेखि सुरुङमा फसेका ४० मजदुरलाई अझै उद्धार गर्न सकिएको छैन । उनीहरुको उद्धारका लागि गरिएका अहिलेसम्मका प्रयास विफल भएका छन् ।
सुरुङमा पुरिएको माटोको ढिस्को खसेपछि उनीहरु थुनिएका छन् । मंगलबार ड्रिल गर्ने मेसिन लगिएकोमा उक्त मेसिनमा प्राविधिक खराबी आएपछि उद्धारमा कठिनाइ भएको हो ।
उद्धारमा संलग्न अधिकारीहरुका अनुसार अब दिल्लीबाट अर्को मेसिन ल्याएर उद्धार कार्यलाई निरन्तरता दिने तयारी छ । सुरुङमा फसेका सबै मजदुर अहिलेसम्म सकुशल रहेको बताइएको छ । उनीहरुलाई ट्युबका माध्यमबाट भोजन तथा पानीको व्यवस्था गरिएको छ ।
ब्रह्मखाल–यमुनोत्री राष्ट्रिय राजमार्ग अन्तर्गत सिल्क्यारा र डंडालगाउँबिच बनाइएको सुरुङको एउटा भाग आइतबार बिहान पुरिएको हो । साढे चार किलोमिटर लामो सुरुङ माटो खसेर पुरिँदा भित्र काम गरिरहेका मजदुर थुनिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
-
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण