भारतको खुद्रा मुद्रास्फीति अक्टोबरमा ४.८७ प्रतिशतमा घट्यो
काठमाडौँ । भारतको खुद्रा मुद्रास्फीति अक्टोबरमा ४.८७ प्रतिशतमा झरेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय (एमओएसपीआई) ले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ४ दशमलव ८७ प्रतिशत रहेको छ ।
सेप्टेम्बरमा, सीपीआई ५.०२ प्रतिशत थियो । खाद्य मुद्रास्फीति पनि सेप्टेम्बरको ६.६२ प्रतिशतबाट अक्टोबरमा ६.६१ प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ । अधिकारीहरूकाअनुसार सबै राज्यहरू समेट्ने १ हजार ११४ शहरी बजारहरू र १ हजार १८१ गाउँहरूबाट मूल्य डेटा सङ्कलन गरिएको छ ।
अक्टोबर २०२३ को महिनामा, एनएसओ (राष्ट्रिय तथ्याङ्क कार्यालय) ले ९९.८ प्रतिशत गाउँ र ९८.६ प्रतिशत सहरी बजारबाट मूल्य सङ्कलन गरेको छ भने बजारअनुसार मूल्यहरू ग्रामीण क्षेत्रमा ८९.० प्रतिशत र शहरीका लागि ९२.० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । अक्टोबरमा खुद्रा मुद्रास्फीतिमा भएको सहजता मुख्यतया खाद्यान्नको मूल्यमा आएको तिब्र्र कमी, विशेषगरी तरकारीको मूल्य र एलपीजी मूल्य कटौतीको प्रभावलाई दिइएको छ ।-सिन्ह्वा/न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
-
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण