जनकपुरधाममा दुलहीझैँ सजाइँदै छठ घाट (तस्बिरहरु)
जनकपुरधाम । तराई मधेसमा छठ पर्वको तयारी लगभग पुरा भएको छ । सोही क्रममा जनकपुरधाममा पनि छठ घाट सजाउने तयारी लगभग पुरा भएको छ । पोखरी नै पोखरीको सहरको रूपमा चिनिने जनकपुरधामका नदी, तलाउ र पोखरीका जलाशयहरू सरसफाइ गरी दुलहीझैँ सजाउने काम हुँदै छ । छठ पूजाको लागि टेन्ट र पण्डालले पोखरीहरूलाई विशेष रूपले सजाइएको छ ।
_swZF7oWj3H.jpg)
छठ पर्वमा सबैभन्दा बढी आकर्षणको रूप देखिने जनकपुरको गंगासागर घाटको तयारी अन्तिम चरणमा पुगेको घाट पूजा समितिले जानकारी दिएको छ । यो घाटलाई विशेष रूपमा सजाइन्छ । त्यस्तै विभिन्न स्थानीय युवा क्लब र संस्थाको सक्रियतामा जनकपुरधामका अन्य पोखरी तथा सरोवरलाई पनि सिँगारिने कार्य हुँदै छ ।
गंगासागर पोखरीपछि धनुष सागर, अग्नि कुण्ड, अङ्गराजसर, दशरथ तलाउसहितका पोखरीका डिलमा बाँस र कपडाको प्रयोग गरी छाउनी बनाउने र त्यसमा झिलिमिली बत्ती जोड्ने काम पनि अन्तिम चरणमा पुगेको छ । यो वर्ष गंगासागर पोखरीको डिलमा घाट व्यवस्थित गर्न छठ पूजा समितिले नम्बरिङ गरिदिएको छ । पोखरीको चारैतिरका डिलमा करिब चार हजारभन्दा बढी मानिस एकसाथ बसेर छठ पर्व मनाउन सक्ने समितिले जनाएको छ ।
_jrbTAHy2H3.jpg)
जनकपुरधाममा व्रतालुहरू राति छठ घाटमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कन्छन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अर्घ दिने चलन छ । आजदेखि विधिवत् रूपमा सुरु भएको छठ पर्व कात्तिक शुक्ल सप्तमीका दिन अस्ताउँदो सूर्यलाई अर्घ दान दिएपछि सम्पन्न हुनेछ । चार दिनसम्म मनाइने छठको पहिलो दिन शुक्रवार कात्तिक(आज) शुक्ल चतुर्थीका दिन नुहाई धुवाई गरेर अरबा अरबाईन गरिएको छ ।
_MJduXwMd01.jpg)
दोस्रो दिन (पञ्चमी) शनिवार खरना मनाइन्छ । छठ पर्वको मुख्य दिनका रूपमा लिइने षष्ठीमा व्रतालुहरूले निराहार उपवास बसी पोखरीको डिलमा ठकुवा, भुसुवा, फलफूल सहितका विभिन्न मिष्ठान परिकारले अस्ताउँदो सूर्यलाई अर्घ दान दिने चलन छ । सप्तमीका दिन भने सोही प्रसाद उदाउँदो सूर्यलाई अर्घ दान गरी छठ पर्व सम्पन्न गर्ने गरिन्छ ।
_THZdCPbRUr.jpg)
_Gbug06yTdi.jpg)
_C8MFJtdeus.jpg)
_5FTMdvcmMG.jpg)
_g69wHxPssc.jpg)
_zYQEBtCogH.jpg)
_XhSdEPS1Fu.jpg)
_YJRVBwD8m1.jpg)
_mdbK1iMkJY.jpg)
_hVzYQYhwyK.jpg)
_fX93EizuI3.jpg)
_dyhVhW4IVf.jpg)
_J5YI0gIYEk.jpg)
_dVgLqbxGyL.jpg)
_NLpM45MNrK.jpg)
_q6ZxUB8cAr.jpg)
_W5V1p3HQuI.jpg)
_76PEbpy3n9.jpg)
_ZPnwX3sRkt.jpg)
_ru6Fsd6fQN.jpg)
_0IXbxYs2h6.jpg)
_I5Qb1BzbpR.jpg)
_oMeOYHQ1pt.jpg)
_46YOlXg66V.jpg)
_fYyDrM3biy.jpg)
_efTMIdDU9N.jpg)
_7UjzfNvkRC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण