विश्वकप खेल्न उत्साहित छु : कुशल भुर्तेल
काठमाडौँ । केटिएम कन्सलटिङ ग्रुपको ब्रान्ड एम्बास्डरमा क्रिकेटर कुशल भुर्तेल नियुक्त भएका छन् । सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गरी क्रिकेटर भुर्तेललाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरिएको हो । केटिएम कन्सलटिङ ग्रुपले विभिन्न समयमा नेपाली क्रिकेट टोलीसँग विभिन्न कार्यमा समन्वय गर्दै आएको छ ।
सोही क्रममा भुर्तेल ग्रुपको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका हुन् । आज कन्सलटेन्सी र भुर्तेलबिच एक वर्षको लागि ब्रान्ड एम्बास्डरमा सम्झौता भएको हो ।
भुर्तेल नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित खेलाडी समेत हुन् । नेपालको तर्फबाट उनले ओपनिङ ब्याटिङ गर्दै आएका छन् । कार्यक्रममा बोल्दै क्रिकेटर भुर्तेलले नेपालले विश्वकप खेल्न लागेको र आफू पनि सहभागी भइरहेकोमा खुसी लागिरहेको बताए । उनले आगामी टी २० विश्वकप खेल्नका लागि आफू उत्साहित रहेको बताए ।
केटिएम कन्सलटिङ ग्रुपका नेपालमा काठमाडौँ, हेटौँडा, बुटवल, चितवन, बनेपा, इटहरी, पोखरा, दाङ र सर्लाहीमा ब्रान्च रहेका छन् । साउथ एसियामा भुटान, बङ्गलादेश, श्रीलङ्कामा पनि ब्रान्चहरू रहेका छन् । ग्रुपले उच्च शिक्षाका लागि विद्यार्थीहरूलाई अस्टेलिया, क्यानडा, बेलायत, अमेरिका लगायत देशहरूमा पठाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण