परराष्ट्रमन्त्री साउदद्वारा शुक्लाफाँटा नगरपालिकाको मुख्य प्रशासकीय भवन उद्घाटन
शनिबार, ०२ मङ्सिर २०८०, १८ : १८

कञ्चनपुर । एसियाली विकास बैंकको ऋण सहयोगमा निर्मित शुक्लाफाँटा नगरपालिकाको मुख्य प्रशासकीय भवनको आज परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उद्घाटन गरेका छन् ।
त्यसअवसरमा मन्त्री साउदले नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिकाका रूपमा विकास गर्न सम्बद्ध अधिकारीहरू लाग्नुपर्नेमा जोड दिए । सानो कोठाबाट कार्यालय सञ्चालन गरेको नगरपालिकाले आधुनिक भवनबाट सेवा प्रवाह गर्नु गर्वको विषय भएको उनले बताए ।
फरक प्रसङ्गमा परराष्ट्रमन्त्रीले कार्यशैलीमा परिवर्तन गरी प्रशासनतन्त्रलाई बलियो बनाउनका लागि नयाँ निजामती कर्मचारी ऐन, शिक्षा ऐन र प्रहरी नियमावली ल्याउन लागिएको बताए ।
भवन रु १० करोडको लागतमा निर्माण भएको हो । भवनको भुइँतलामा ३१ वटा र पहिलो तलामा १९ गरी जम्मा ५१ वटा कोठा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी