मर्निङ वाकका क्रममा हृदयाघात, ‘धूम’ निर्देशक सञ्जय गढवीको निधन
आइतबार, ०३ मङ्सिर २०८०, १२ : ४१

मुम्मई । ‘धूम’ र ‘धूम २’ जस्ता सुपरहिट फिल्मका निर्देशक सञ्जय गढवीको निधन भएको छ । आइतबार बिहान मर्निङ वाक गर्ने क्रममा उनलाई हृदयाघात भएको थियो ।
सञ्जय आज बिहान लोखंडवाला ब्याकरोडमा मर्निङ वाक गर्दै थिए । यसै क्रममा उनलाई हृदयाघात भयो । त्यसपछि उनलाई नजिकैको कोकिलाबेन अम्बानी अस्पताल लगियो । त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
सञ्जयलाई हृदयाघात भएको स्थान अस्पतालको दुरी एक देखि डेढ किलोमिटर मात्रै थियो । यति हुँदाहुँदै पनि उनलाई बचाउन सकिएन ।
सञ्जयको मृत्युले सिङ्गो परिवार शोकमा छ । उनको पार्थिव शरीर अस्पतालमा नै राखिएको छ । उनको अन्तिम संस्कार बेलुकासम्म गर्ने तयारी गरिएको छ ।
सञ्जयले हालै श्रीकृष्ण जन्मभूमि र शाही इदगाह मस्जिदको विवादमा आधारित फिल्म बनाउने घोषणा गरेका थिए । यो फिल्मको सुटिङ पनि सुरु भइसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन (तस्बिरहरू)
-
समाजवादी पार्टीकी सांसद प्रियासँग वैवाहिक बन्धनमा बाँधिदै क्रिकेटर रिंकु सिंह
-
रसियन कम्युनिस्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्ता
-
सप्तकोशीमा डल्फिन गणना सुरु
-
डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते
-
प्रचण्डले राजावादीको आलोचना गरेपछि प्रश्न गर्न तम्सिए जनार्दन, यस्तो छ तनावको नालीबेली