जब मोदीले भारतीय खेलाडीलाई अँगालो हाले....

अहमदाबाद । विश्वकपमा भारतका लागि सर्वाधिक विकेट लिने खेलाडी मोहम्मद शमीले भारतीय टोलीले कम्ब्याक गर्ने घोषणा गरेका छन् । विश्वकपको फाइनलमा अष्ट्रेलियासँगको लज्जास्पद हारपछि आफ्नो पहिलो प्रतिक्रियामा शमीले भने, ‘हामी फर्कने छौँ ।’
मोहम्मद शमीले सोसल प्लेटफर्म एक्स (ट्विटर) मा तस्बिर पोस्ट गरेका छन् । जसमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अँगालो हालेको देखिएको छ । तस्विरमा प्रधानमन्त्री मोदीले उनीहरुलाई हौसला दिएको देखिन्छ । शमीले भारतीय टोलीको ड्रेसिङ रुममा आएकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका छन् ।
शमीले लेखेका छन्, ‘दुर्भाग्यवश हिजो हाम्रो दिन थिएन। म प्रतियोगितामा हाम्रो टोली र मलाई समर्थन गर्ने सबै भारतीयहरूलाई धन्यवाद दिन चाहन्छु । प्रधानमन्त्रीप्रति आभारी छु कि उहाँले विशेषगरी ड्रेसिङ रुममा आएर हामीलाई हौसला दिनुभयो ।’ शमी विश्वकपको सबैभन्दा सफल बलर बनेका थिए । उनले २४ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी चुनाव कांग्रेस एक्लै लड्छ, हारे हारिन्छ : गगन थापा
-
पानी नआएपछि मेलम्ची पुगे खानेपानी मन्त्री
-
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ
-
‘यस्तो गहकिलो परिवर्तन हाँक्ने व्यक्तिहरू उदाहरणीय बन्न सकेनन्’
-
बुद्धजन्मस्थलबाट सुरु भएको सम्मेलनले पार्टी बलियो बन्छ : देउवा
-
राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन दलबाट साझा उम्मेदवार, एमाले एक्लै लड्ने !