छठ मान्न गएको बेला घरबाट लाखौँको चोरी
सोमबार, ०४ मङ्सिर २०८०, १७ : १८
झापा । झापाको एक घरबाट लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । बाह्रदशी गाउँपालिका–३ राजगढ बस्ने रञ्जित शाहको घरबाट ४ तोला सुन, चाँदी ७ तोला, ट्याब १ थान, स्मार्ट घडी १ थान र नगद समेत गरी करिब ५ लाख १२ हजार रुपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको हो ।
छठ पर्व मनाउनको लागि घरको सबै सदस्य अदुवा खोला गएको अवस्थामा अपरिचित व्यक्तिले ढोकाको ताल्चा फुटाई सामान चोरी गरेका थिए । यसबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण