छठ मान्न गएको बेला घरबाट लाखौँको चोरी
सोमबार, ०४ मङ्सिर २०८०, १७ : १८

झापा । झापाको एक घरबाट लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । बाह्रदशी गाउँपालिका–३ राजगढ बस्ने रञ्जित शाहको घरबाट ४ तोला सुन, चाँदी ७ तोला, ट्याब १ थान, स्मार्ट घडी १ थान र नगद समेत गरी करिब ५ लाख १२ हजार रुपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको हो ।
छठ पर्व मनाउनको लागि घरको सबै सदस्य अदुवा खोला गएको अवस्थामा अपरिचित व्यक्तिले ढोकाको ताल्चा फुटाई सामान चोरी गरेका थिए । यसबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रंगेली प्रिमियर लिग पुसको पहिलो साताबाट हुने
-
मनोहरामा मोटरसाइकललाई ठक्कर दिएर फरार चालक पक्राउ
-
आगामी चुनाव कांग्रेस एक्लै लड्छ, हारे हारिन्छ : गगन थापा
-
पानी नआएपछि मेलम्ची पुगे खानेपानी मन्त्री
-
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ
-
‘यस्तो गहकिलो परिवर्तन हाँक्ने व्यक्तिहरू उदाहरणीय बन्न सकेनन्’