‘राति १० बजे आएर लुगा पनि लगाउन नदिई बाहिर निकाले’
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले काठमाडौँमा आयोजना गरेको प्रदर्शनमा भाग लिन इटहरीदेखि काठमाडौँ आएका सर्वसाधारणलाई नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताले मध्यरातमा ‘डिस्टर्ब’ गरेको आरोप लागेको छ ।
होटेलमा सुतिरहेका बेला मध्यरातमा मानवीय संवेदना भुलेर बाहिर निकाल्न खोजिएको भन्दै युवा संघको आलोचना भइरहेको छ। सो प्रकरणमा मोरङबाट काठमाडौँ आएको बताउने सिर्जना राई बोलेकी छन् । बुधबार दुर्गा प्रसाईँले आयोजना गरेको पत्रकार सम्मेलनमा राईले एमालेको कार्यकर्ताहरूले गएराति १० बजेको समयमा लुगा पनि लगाउन नदिई बाहिर निकालेको आरोप लगाइन् ।
‘हामी एउटा महिला त्यसमाथि पनि एउटै लुगामा सुत्न लागेका थियौँ । ३०/३५ जनाको झुण्ड आयो। भकुन्डे जस्तो अनुहार भएको केटाले ए लुगासुगा लगाउन पाउँदिनस्, तुरुन्त फिर्ता जाऊ भन्यो’, उनले आक्रोश पोखिन् ।
लघुवित्तले मार्न आँट्यो, यसै मरौँला, उसै मरौँला भनेर काठमाडौँ आएको भन्दै उनले काठमाडौँमा झन्डै इज्जत लुटिएको बताइन् ।
पत्रकार सम्मेलनमा उनको भनाइ जस्ताको जस्तै
मेरो नाम सिर्जन राई हो । मोरङबाट आएको हो माइक्रोफोन समातेर अहिलेसम्म बोलेको छैन । म सत्य मात्रै बोल्छु । छातीमा हात राखेर कसम खान्छु । लघुवित्त र सहकारीले गर्दा पीडित भएर निस्किएको हो । सत्य के हो, असत्य के हो ? कांग्रेस र एमालेलाई पनि भोट हाल्यौँ । रातभरि भोट माग्न हिँडेको मान्छे ।
प्रचण्ड जस्तै जंगलजंगलमा हिँड्यौँ । आज हामी आफ्नै ठाउँमा दुःख, सुख भोग्दै गर्दा लघुवित्तले मार्न आँट्यो । दुर्गा दाइ नै सत्य रहेछ भनेर लायो । गरिबको लागि सत्य रहेको रहेछ । हामी बाच्न चाहन्छौँ । हामीले ऋण खाएको हो । हामीलाई गाँस बास र कपास दिने सरकारले हामीलाई नै रोडमा निकालेको छ। जसरी नि मर्ने नै हो भनेर काठमाडौैं आएको हामीलाई एमालेको झोलेहरूले राति १० बजेको बेला आएर लुगा पनि लगाउन नदिई बाहिर निकाले । हामी एउटा महिला त्यसमाथि पनि एउटै लुगामा सुत्न लागेका थियौँ । ३०÷३५ जनाको झुन्ड आयो। भकुन्डे जस्तो अनुहार भएको केटाले ए लुगासुगा लगाउन पाउँदिनस्, तुरुन्त फिर्ता जाऊ भन्यो । तर, तिनीहरूसँग भागेर जाँदैनौँ । नेपालका नारीको अस्तित्व कसले जोगाउने ? अस्मिता जोगाउन सडकमा निस्कियौँ । एउटा भाइले भन्यो, दिदी नमस्कार । उसले त्यो दिदिलाई कपडा त लगाउन देऊ भन्यो। पाँच मिनेटमा निक्ली भनेर धम्की आएपछि सडकमा निस्कियौँ । प्रशासनलाई खबर गर्न सफल भयौँ । पछि प्रहरी आए । प्रहरीले होटेलमा पु¥याए । यो नेपालमा हामी महिलाको सुरक्षा रहेनछ भन्ने लाग्यौँ । हामी महिला जाग्यौँ भने यो देश हामी बनाउँछौँ । पद पाएर बसेको सरकारले हाम्रो शब्द सुनिदिनुपर्यो । त्यो गुन्डाहरूको होइन । हामी गरिबको शब्द सुनिदिनुपर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण