दैलेखको पानी पोखरीमा प्रहरी चौकी भवनको उद्घाटन
बुधबार, ०६ मङ्सिर २०८०, १९ : २९
दैलेख । दैलेखको भैरवी गाउँपालिका–६, पानी पोखरीमा नेपाल प्रहरीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । बुधबार कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) भिम प्रसाद ढकालले उक्त भवनको उद्घाटन गरेका हुन् ।
साथै कार्यालय÷ब्यारेक, भान्सा घर र शौचालय भवनको पनि उद्घाटन गरिएको छ । उक्त भवन १ करोड ७७ लाख ८७ हजार ४३७ रुपैयाँ लागतमा निर्माण भएको हो ।
डीआईजी ढकालले आगामी दिनहरूमा यस क्षेत्रको सुरक्षा व्यवस्था थप प्रभावकारी हुनुको साथै गुणस्तरीय नागरिक सेवा प्रवाह हुने बताए । उनले प्रहरी कर्मचारीको कार्यसम्पादन स्तरमा थप मनोबल अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलाको अधिकांश तेल पूर्वाधार सुरक्षित रहेको प्रारम्भिक संकेत
-
कीर्तिपुर होल्डिङ सेन्टरमा आश्रित सुकुमबासी भन्छन्– हामीलाई बस्ने बास चाहियो
-
हिउँदको सङ्कट टार्न बिहारसँग विद्युत् साटफेर गर्ने प्राधिकरणको प्रस्ताव, तर भारतीय निर्देशिका बाधक
-
तलब भत्तामा विभेद गरेको भन्दै विद्यालय कर्मचारीले गराए ध्यानाकर्षण
-
मतपत्रमा आफ्नो परिचित नाम हटाइएको भन्दै ज्वाला संग्रौलाको आक्रोश
-
रास्वपाले अघि सारेको प्रस्तावबारे अन्य दलसँग पनि छलफल भएको छ : सोविता गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण