मतपत्रमा आफ्नो परिचित नाम हटाइएको भन्दै ज्वाला संग्रौलाको आक्रोश
बिहीबार, ११ असार २०८३, १३ : २१
सारांश
- रास्वपाकी केन्द्रीय सदस्यकी उम्मेदवार ज्वाला संग्रौलाले मतपत्रमा आफ्नो परिचित नाम हटाइएको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।
- उनले आफ्नो नाम ज्वाला भए पनि मतपत्रमा टिका संग्रौला राखिएकाले मतदाता झुक्किएको दाबी गरेकी छन् ।
- संग्रौलाले यस विषयमा छानबिनको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएकी छन् ।
काठमाडौँ । रास्वपाको केन्द्रीय सदस्यका उम्मेदवार ज्वाला संग्रौलाले मतपत्रमा आफ्नो परिचित नाम हटाइएको भन्दै आक्रोश पोखेकी छन् ।
बिहीबार रास्वपा महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै संग्रौलाले सुरु देखि नै आफ्नो परिचित नाम ज्वाला भएपनि मतपत्रमा टिका संग्रौलामा राखिएकाले मत दिनेहरु झुक्किएको भन्दै आक्रोश पोखिन् ।
मतपत्रमा ज्वाला नाम नदेख्दा प्रतिनिधिहरुले आफुहरुलाई भोट नहालि आएको उनको दावी छ । उनले नियतबस वा प्राविधिक त्रुटि हो भन्ने बिषयमा अनुसन्धानको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएको जानकारी दिइन् ।
उनले मतपत्रमा अन्य उम्मेदवारहरुको परिचित नाममा नै उल्लेख गरिएको र आफ्नो भने टिका संग्रौला राखिएकाले षडयन्त्र भएको हुनसक्ने तर्क गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
-
स्वास्थ्य व्यवसायी परिषद् बोर्ड अपूर्ण, विषयगत अनुगमनमा बाधा
-
रास्वपा पदाधिकारीमा सहमतिको प्रयास, मतदाता तितरबितर
-
मोरङमा पहिलो स्वचालित सबस्टेशन सञ्चालनमा
-
आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा
-
बजेटमा कमजोरी भएको भन्दै कर्णालीमा प्रतिपक्षद्वारा संसद् अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण