प्रदर्शन
दुर्गा प्रसाईंको प्रदर्शन : तनावपछि शंख बजाउँदै मुर्दावादका नारा घन्कियो
बिहीबार, ०७ मङ्सिर २०८०, १२ : २०
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले बिहीबार राजधानीको बल्खुमा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा युवासंघका कार्यकर्तासँग जम्काभेट हुँदा दुई पक्षीय झडपको अवस्था निम्तिएको छ । सो क्रममा ढुंगा हानाहानको अवस्था निम्तिएको हो ।
हिन्दुवादी र राजवादीहरुसहितको प्रर्दशनमा सहभागीले सरकारविरुद्ध चर्का नाराबाजी गरेका छन् भने शंख बजाउँदै हिन्दुराष्ट्रको पक्षमा नारा घन्काएका छन् । उनीहरुले प्रचण्ड नेतृत्वको सरकारका साथै एमालेविरुद्ध मुर्दावादको नारा लगाउँदै हिन्दुराष्ट्र जिन्दावादको नारा लगाएका छन् ।
प्रदर्शनका लागि प्रसाईँका समर्थकहरु बल्खुमा भेला हुने क्रम जारी छ। प्रदर्शनमा राष्ट्रिय झण्डासमेत प्रयोग गरिएको छ।
_pjShi6sUmO.jpg)
_HUnz1GRev5.jpg)
_RI9HRwZkHG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण