भूकम्प प्रभावित क्षेत्रमा अखिल क्रान्तिकारी : भग्नावशेष पन्छाउनेदेखि टहरा निर्माणको काम गर्दै
सुर्खेत । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका दुई सय नेता, कार्यकर्ताहरू यतिबेला जाजरकोटस्थित भूकम्प प्रभावित क्षेत्रमा सक्रिय छन् । अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा विद्यार्थी नेता, कार्यकर्ताहरू प्रभावित क्षेत्रमा खटिएका हुन् । उनीहरुले भूकम्पबाट ध्वस्त भएका घरहरू पन्छाउने, पीडितहरूका लागि अस्थायी टहरा निर्माण गर्नेदेखि भत्किएका सार्वजनिक संरचनाहरू पनि पन्छाउने काम गरिरहेका छन् ।
अध्यक्ष सिंहले यति बेला कर्णालीबाट विद्यार्थी टोली खटिसकेको र भोलिसम्म लुम्बिनीबाट पनि विद्यार्थी टोली प्रभावित क्षेत्रमा खटिने बताइन् । अबको एक महिना ‘जनताको संकटनको सारथि’ भएर अखिल क्रान्तिकारी पुनः निर्माणका सक्रिय हुने उनको भनाइ छ । सङ्गठनका केन्द्रीय पदाधिकारीहरू पनि प्रभावित क्षेत्रमा खटिएका छन् ।
_eegVgVo52E.jpg)
‘हामीले अहिले जनताको घर घरमा पुग्ने, सबैभन्दा बढी सहयोग के आवश्यक हो, उहाँहरूकै चाहनाअनुसार काम गरिरहेका छौँ,’ अध्यक्ष सिंहले रातोपाटीसँग भनिन्, ‘उहाँहरूको माग भनेको अहिले भत्किएका प्रयोग गर्न नमिल्ने घरहरू पन्छाएर क्लियर गरिदिनुपर्ने छ । हामीले त्यो काम गरिरहेका छौँ । सबै जनता पालमुनि छन्, बिरामी, बालबालिकाहरूलाई निकै समस्या छ । पालले चिसो छेक्ने अवस्था नै छैन ।’
जनताहरू कष्टकर दैनिकी बिताइरहेको सिंहको भनाइ छ । अखिलले बालबालिका, वृद्ध वृद्धाहरु बढी भएको ठाउँमा टहराहरू निर्माण गरिदिने काम गरिरहेको छ । ‘बाँस प्रयोग गर्ने टहरा बनाउने र खरले छाएर बस्न मिल्ने बनाइरहेका छौँ,’ उनले भनिन्, ‘पालबाट टहरामा ल्याउने काम हामीले गरिरहेका छौँ भने भत्किएका विद्यालयहरू पनि क्लियर गर्ने काम गरिरहेका छौँ ।’
अखिलले तीनवटा कामलाई क्याटोग्राईज गरेर काम गरिरहेको उनले बताइन् । जाजरकोट पुगेको टोलीले सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्ने भेरी नगरपालिका–१ को रिम्ना क्षेत्रमा काम गरिरहेको छ । अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरू आफ्ना लागि टेन्टदेखि खाद्यहरू आफैँ बोकेर त्यहाँ खटिएका छन् । पानी बाहेक सबै आफैँले गर्ने गरी व्यवस्थापन गरेर प्रभावित क्षेत्रमा खटिइएको सिंहको भनाइ छ ।
_OUXwSp0DVM.jpg)
‘चाँडोभन्दा चाँडो पुनः निर्माणको काम सुरु गरिनुपर्छ’
अध्यक्ष सिंहले प्रभावित क्षेत्रमा पुनः निर्माणको काम चाँडोभन्दा चाँडो सुरु गरिनुपर्ने बताइन् । ‘जनताले आफैँ बनाउने हो भने बजेटसहित त्यो अधिकार जनतालाई दिनुपर्छ, राज्यले बनाउने हो भने राज्यले पुनः निर्माणको कार्यलाई तत्काल अगाडि बढाउनुपर्छ,’ सिंह भन्छिन्, ‘जनतालाई छिटो पालमुक्त बनाउन आवश्यक छ । यदि त्यसो नगरे चिसोले मर्ने सम्भावना छ भने विभिन्न खालका रोगहरु फैलन सक्छ । पालमुनि वृद्ध वृद्धा र बालबालिकाको अवस्था निकै कठिन छ । कसैको आँखा सुनिएको छ, मुख सुनिएको छ । रुघाखोकी, टन्सिल जस्ता बिरामीहरू बढिरहेको देखिन्छ ।’
पालले चिसो छेक्न नसक्दा जनजीवन कष्टकर अवस्थामा रहेको उनको भनाइ छ । उनका अनुसार कतिपयलाई टहरा निर्माणकै लागि जमिन समेत छैन । त्यस्ता व्यक्तिहरुको लागि भत्किएको घरलाई पन्छाई क्लियर गर्ने र त्यसैमा टहरा निर्माण गरेर बस्ने गरी आफूहरूले काम गरिरहेको उनले बताइन् ।
_mFuY93fxOr.jpg)
केन्द्र सरकारले अस्थायी आवास निर्माण गर्ने भनेर ५० हजार रकम दिने भनिए पनि अहिलेसम्म नागरिक समक्ष उक्त रकम पुग्न सकिरहेको छैन । अध्यक्ष सिंहका अनुसार केन्द्रको कार्यविधिले स्थानीय सरकारहरू निकै अलमलमा परिरहेका छन् ।
सकेसम्म प्रक्रियालाई छोट्याई जनताको हातमा सहज तरिकाले रकम पुग्ने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ छ । ‘५० हजार आउँछ भन्ने कुरा जनतालाई थाह छ तर, हातमा परिरहेको छैन,’ उनी भन्छिन्, ‘कुनै आयस्रोत नभएका नागरिकहरूलाई निकै गाह्रो स्थिति छ ।’
_X2OAI152oB.jpg)
_TLqHOTFmU2.jpg)
_2lHbFr7CoI.jpg)
_EbppODhDz5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
-
रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण